आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

संसद्मा चिच्चाएको एमालेलाई प्रचण्डले दिए मुखभरीको जवाफ 

संसद्मा चिच्चाएको एमालेलाई प्रचण्डले दिए मुखभरीको जवाफ 

  • मिडिया डबली
  • सोमवार, चैत्र ६ २०७९

  • 3.8K
    SHARES

  • संसद्मा चिच्चाएको एमालेलाई प्रचण्डले दिए मुखभरीको जवाफ 

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको गठबन्धन छोड्दा आफूलाई कुनै पश्ताचाप नभएको बताएका छन्। प्रतिनिधि सभामा विश्वासको मत माग्दा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले प्रधानमन्त्रीभन्दा शान्ति र संविधान खोजेको दावी गरे।

    ओलीसँग अजेन्डा नमिलेको कारण गठबन्धन छोडेको समेत उनले बताए। ‘दुई तिहाइ बहुमत प्राप्त सरकारको प्रधानमन्त्री किन पटकपटक संसद् विघटन गर्नुपर्ने अवस्थामा पुगे? केन्द्र सरकार किन गयो? सातै प्रदेशको सरकार किन गुम्यो?’ उनले भने, ‘यसको समीक्षा नगरी एकअर्कालाई दोषारोपण गरेर मात्र हुँदैन।’

    हिजो संविधान र शान्ति सम्झौता गर्दा एउटा सिद्धान्तमा टेकेर गरेको उनले बताए। संविधानमाथि नै घात हुने गरी अघि बढेपछि विग्रह भएको भन्दै प्रचण्डले सबैले मम भन्नुपर्ने बताए। उनले सातै प्रदेशमा आफ्नै सरकार, दुई तिहाइ जताततै, हातैभरि नियुक्ति थियो। तर किन यस्तो अवस्था अन्त्य भयो समीक्षा हुनुपर्ने बताए।  

    गणतन्त्र र परिर्वतनको रक्षा कसले गर्छ भनेर हेर्दा शान्ति प्रक्रियामा हस्ताक्षर गर्नेहरुको आवश्यकता देखेर निर्णय लिएको भन्दै उनले आफूलाई कुनै पश्ताचाप नभएको बताए।

    प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाएकोमा केपी शर्मा ओलीप्रति आभार समेत व्यक्त गरे। उनले भने, ‘मैले ओलीलाई २ पटक प्रधानमन्त्री बनाएँ। उहाँले एक पटक मलाई बनाएर गुन तिर्नुभयो। अझै एउटा बाँकी नै छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend