काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि सरकारमा जाने कि नजाने भन्नेबारे निर्णय भने रास्वपाले गरिसकेको छैन । सभापति लामिछानेको सांसद पद खारेजसँगै गृह मन्त्रालय नपाएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन फिर्ता लिएको भने थिएन ।
लामिछानेको दोहोरो राहदानी प्रकरणलाई व्यवस्थापन गर्न पनि रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको बताइएको छ । हालै प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको दोहोरो राहदानी अनुसन्धान प्रतिवेदनमा रविले दोहोरो राहदानी बनाए पनि दुरुपयोग नगरेको भन्दै ‘क्लिन चिट’ दिन खोजिएको छ । यदि रविविरुद्ध दोहोरो राहदानी कसुरको मुद्दा नचलेमा उनी चितवन २ मा उपनिर्वाचनमा उठ्न पाउने छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।