सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

ओलीसहित एमाले नेताहरू प्रचण्डले विश्वासको मत नपाउनेमा आशावादी 

ओलीसहित एमाले नेताहरू प्रचण्डले विश्वासको मत नपाउनेमा आशावादी 

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ३ २०७९

  • 3.7K
    SHARES

  • ओलीसहित एमाले नेताहरू प्रचण्डले विश्वासको मत नपाउनेमा आशावादी 

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिँदैछन् । उनी एमालेको समर्थनमा पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेले फागुन १५ गते समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रचण्ड अल्पमतमा परेका छन् । राप्रपाले फागुन १३ गते नै समर्थन फिर्ता लिँदै सरकारबाट मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

    एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि प्रचण्डको ४० प्रतिशत समर्थन घटेको छ । सोही कारण उनले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । तर, एमाले अध्यक्ष केपी ओली सोमबार प्रचण्डले विश्वासको मत नपाउने तर्क गर्छन् । बिहीबार आयोजित कानुनका विद्यार्थीसँगको अन्तरक्रियामा प्रचण्डले विश्वासको मत नपाए कांग्रेस नेतृत्वमा सरकार बन्ने बताए । यदि कांग्रेस नेतृत्वको सरकारले पनि विश्वासको मत पाउन नसके देश मध्यावधिमा जाने उनको आशा थियो ।

    ओलीकै जस्तो अपेक्षा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालको पनि छ । उनले शुक्रबार सोही आशयको स्टाटस लेखेका छन् । ‘पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेको समर्थनमा २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । तर, अहिले उहॉले नेपाली कांग्रेसलाई आफ्नो सहयात्री छनोट गर्नुभएको छ र नेकपा एमालेले समर्थन फिर्ता लिएको छ । यससँगै उहॉ प्रधानमन्त्री नियुक्त हुँदाको राजनीतिक आधार समाप्त भइसकेको छ । यस्तो अवस्थामा उहॉले एमालेको समर्थनबाट प्राप्त पदबाट राजीनामा दिएर नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनु राजनीतिक र नैतिक इमानदारी हुन्छ,’ उनले लेखेका छन् । एमालेहरूलाई अझै पनि प्रचण्डले पूरा अवधि प्रधानमन्त्री नखाए हुन्थ्यो भन्ने देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ९ २०७७०४:३३:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend