आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति नदिएपछि एमाले नेता सूर्य थापाले प्रचण्डलाई दिए छेपारोको संज्ञा

राष्ट्रपति नदिएपछि एमाले नेता सूर्य थापाले प्रचण्डलाई दिए छेपारोको संज्ञा

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १६ २०७९

  • 2.5K
    SHARES

  • राष्ट्रपति नदिएपछि एमाले नेता सूर्य थापाले प्रचण्डलाई दिए छेपारोको संज्ञा

    काठमाडौं- राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारलाई समर्थन नगरेको भन्दै एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ । प्रचण्डले अर्को गठबन्धन गरेपछि विक्षिप्त बनेका एमाले अध्यक्ष केपी ओलीले उनलाई बिरालोको संज्ञा दिएका थिए । ओलीले आफ्नो मानमर्दन गरेपछि प्रधानमन्त्री प्रचण्ड निकै आक्रोशित भएका छन् । प्रधानमन्त्रीले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्ने सुइँको पाएपछि ओलीले सोमबार सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

    अहिले एमालेका नेताहरू माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग निकै मुर्मुरिएका छन् । हरेक दिन एमालेका चार पाँच नेताले प्रचण्डलाई गाली गरिरहेका छन् । यही क्रममा एमालेका नेता एवं सांसद सूर्य थापाले प्रचण्डलाई छेपारोको संज्ञा दिँदै फेसबुकमा लेखेका छन् । उनले एक दिनअघि सरकारमै सहकार्य गरेका प्रचण्डलाई तथानाम गालीगलौज गर्न थालेका छन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री बन्न र निरन्तर हुन १३८ जनाको साथ र समर्थन निरन्तर हुनैपर्छ। अब सुन्तला प्रजातिबाट नियुक्त भएर मुन्तला प्रजातिको भएँ भन्ने स्वघोषणा स्वयंमा अवसरवाद, नांगो धोका, बेइमानी र महाठगी एवं पातकी काइदा हो। कमसेकम दुई महिनाअघि हामीले दिएको पदबाट राजीनामा गरेर यस्तो अनैतिक धृष्टता, फट्याइँ र धोकेबाजको कलंकको कीर्तिमानी तेज धावकको परिचय बदल्ने हो कि ? हुन त दूधको साक्षी बनेको लोभी बिरालो म्याउँ गरिरहेका बेला यस्तो सुझावको के मतलब होला र ! नियुक्तिकै संख्या र धरातल भासिएको आजको बेला पुरानो नियुक्तिको पद त्याग गर्ने हिम्मत त कसरी गरौला ? तर छेपारे प्रवृत्तिको नयाँ बाहक बनेर के गरिरहेको यो ? एक सय मुसा हजम गरेर बिरालो हज गर्न बाटो लागेजस्तो बेशरम त नहुनु नै उचित होला। र, रंग फेरिरहे छेपाराको पनि इज्जत जो हुन्छ, सोलाई माटोमा त नमिलाउने हो कि !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend