आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राप्रपाका मन्त्रीलाई बर्खास्त गर्ने मुडमा थिए प्रचण्ड, यतिसम्म भइसकेको थियो तयारी

राप्रपाका मन्त्रीलाई बर्खास्त गर्ने मुडमा थिए प्रचण्ड, यतिसम्म भइसकेको थियो तयारी

  • मिडिया डबली
  • आइतवार, फाल्गुण १४ २०७९

  • 4.0K
    SHARES

  • राप्रपाका मन्त्रीलाई बर्खास्त गर्ने मुडमा थिए प्रचण्ड, यतिसम्म भइसकेको थियो तयारी

    काठमाडौं- राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको छ । यसअघि सत्ता गठबन्धनको एक दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो ।

    दुई महिनाअघि सरकारमा सामेल दुई दल सत्ताबाट बाहिरिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिन्तामा छैनन् । एमालेलाई माओवादीले राष्ट्रपतिमा समर्थन नगरेको निहुँमा राप्रपा सरकारबाट बाहिरिएको हो भने गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएको झोकमा रास्वपा सरकारबाट ४२ दिनमै बाहिरिएको हो । राप्रपा र रास्वपा टी–२० खेल जस्तै चाँडै घर फर्केका छन् ।

    राप्रपाका मन्त्रीहरूले प्रतिनिधिसभा बैठक र मिडियामा खुला रूपमा राजतन्त्र स्थापना र संघीयताको विरोधमा बोल्न थालेदेखि नैप्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिए । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसदहरूले राप्रपाका मन्त्रीहरूले संघीयताको विरोध र राजतन्त्र स्थापना गर्न खुलेयाम बोलेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेपछि प्रचण्डले स्पष्टीकरण सोध्ने र कारबाही गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्रीको सो चेतावनीपछि राप्रपा आक्रोशित बनेको थियो । त्यसपछि पनि राप्रपाका सांसद र नेताहरू प्रधानमन्त्रीमाथि खनिरहे । 

    स्रोतका अनुसार स्थिति कतिसम्म पुगिसकेको थियो भने प्रधानमन्त्री प्रचण्ड राप्रपाका सबै मन्त्रीलाई बर्खास्त गर्ने मनस्थितिमा पुगेका थिए । राष्ट्रपति निर्वाचनको मुखमै राप्रपाका मन्त्रीहरूलाई निकाल्ने मनस्थितिमा रहेका प्रचण्ड अहिले राप्रपाका चारै मन्त्रीले राजीनामा दिएपछि खुसी भएका छन् । राप्रपाको यो निर्णयलाई प्रचण्डले खुला ढंगले स्वागत गरेका छन् । विचार नमिलेका पार्टीलाई सरकारमा राखेर हिँड्न नसक्ने निष्कर्षमा प्रचण्ड पुगेको नेताहरू बताउँछन् ।

    सत्ता गठबन्धनबनबाट बाहिरिएको राप्रपाभित्र असन्तुष्टि भुसको आगोझैँ बढ्दैछ । सरकारमा जाने वा नजाने भन्नेमै विवादित राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति अहिले राष्ट्रपति चुनावमा भाग लिने कि नलिने भन्नेमा विभाजित छ । त्यही विवादका कारण फागुन १२ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिको चुनावमा समर्थक र प्रस्ताव नबस्ने निर्णय गरेको थियो ।

    यसअघि एमाले अध्यक्ष केपी ओलीसँग ट्युनिङ मिल्ने ठानिएका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले उम्मेदवारको समर्थक वा प्रस्तावक बस्न सक्ने अनुमान गरिएको थियो । राप्रपाभित्र राष्ट्रपति चुनावको पक्षमा उभिन नहुने मत पनि रहेको छ । यो मतका पक्षधर राजावादी पार्टीले राष्ट्रपतिमा मतदान गर्न नहुने धारणा राखिरहेका छन् । 

    पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, जगत गौचनलगायतका दर्जन नेताहरू राष्ट्रपतिको चुनावमा भाग लिन नहुने पक्षमा छन् । महामन्त्री धवलशमशेर राणा पनि राष्ट्रपतिमा मतदान गर्न नहुने पक्षमा छन् । प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि औपचारिक रूपमै राष्ट्रपतिमा मतदान गर्न नहुने बताइरहेका छन् । पार्टीभित्र बढ्दो असन्तुष्टिका कारण फागुन १८ गते केन्द्रीय समिति बैठक बस्ने तयारी छ । केन्द्रीय समितिबाट धारणा बनाएर राष्ट्रपति चुनावमा भाग लिने वा नलिने निर्णय लिने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend