काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ।
प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली केहीबेरअघि बालुवाटार पुगेका हुन्। शुक्रबार तीन घन्टा पुराना गठबन्धनका चार दलबीच छलफल भएको थियो। चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको नेताहरुले संकेत गरेका छन्।
उनीहरू फेरि फाइनल गर्नका लागि बैठकमा बस्ने समझदारी गरेर उठे लगत्तै प्रधानमन्त्रीसँग वार्ता गर्न ओली बालुवाटार पुगेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।