आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सभामुख र राष्ट्रपति पाएपछि ओली कतिसम्म निरंकुश बन्छन् भन्नेमा प्रस्ट छन् प्रचण्ड

सभामुख र राष्ट्रपति पाएपछि ओली कतिसम्म निरंकुश बन्छन् भन्नेमा प्रस्ट छन् प्रचण्ड

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ७ २०७९

  • 3.7K
    SHARES

  • सभामुख र राष्ट्रपति पाएपछि ओली कतिसम्म निरंकुश बन्छन् भन्नेमा प्रस्ट छन् प्रचण्ड

    काठमाडौं- मंसिर ४ गतेको निर्वाचनको परिणामले कतै केही नपाउने स्थितिमा धकेलिएको एमालेले संघीय संसद्को सभामुख, लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य र धेरै प्रदेशसभामा मुख्यमन्त्री र केही प्रदेशसभामा सभामुख पाइसकेको छ । तर ऊ यतिमा मात्र सन्तुष्ट छैन, उसको अर्जुनदृष्टिमा राष्ट्रपतिको पद छ । त्यसैले अहिले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन र थर्काउन व्यस्त छन् ।

    फागुन २५ गते मुलुकले तेस्रो राष्ट्रपति पाउँदैछ । तर, त्यसयताका २३ दिन नेपालको सत्ता राजनीतिमा अत्यन्त सकसपूर्ण दिन हुनेछन् । त्यसमा पनि राष्ट्रपति पदका लागि उम्मेदवारी दिने फागुन १३ गते त एक किसिमको खड्को नै हुँदैछ । राष्ट्रपतिको उम्मेदवारको मनोनयन गर्दा माओवादी कांग्रेस वा एमाले कसको प्रस्तावक वा समर्थक बन्छ ? त्यसले नै वर्तमान सत्ता समीकरण कुन ढंगले अघि बढ्छ भन्ने स्पष्ट पार्छ । यी दुईमध्ये एकले बनाएको उम्मेदवार राष्ट्रपतिमात्र हुँदैन, सत्ता गठबन्धनको साँचो पनि उसकै हातमा पुग्छ ।

    अहिले राष्ट्रपति कसलाई बनाउने भन्ने ‘ट्रमकार्ड’ प्रचण्डको हातमा छ । त्यसैले यो कार्डको प्रयोजन नसकुञ्जेल एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवै प्रचण्डलाई बिच्काउने पक्षमा छैनन् । प्रचण्डले जस्तोसुकै निर्णय गर्दा पनि देउवा र ओली मौन छन् । ओली प्रचण्डलाई फकाउँदै, थर्काउँदै जे गरेर भए पनि राष्ट्रपति आफ्नो ढोक्सामा पार्न हदैसम्मको प्रयत्न गरिरहेका छन् । देउवाले पनि ओलीले गम्भीर धोका दिने डर देखाउँदै आफ्नो पक्षमा प्रचण्डलाई ल्याएर पहिला राष्ट्रपति त्यसपछि सत्ता फर्काउन कुनै कसर बाँकी राखेका छैनन् ।

    आइतबार प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले व्यापक राष्ट्रिय सहमतिको पक्षमा आफूहरू रहेको बताए । उनले राष्ट्रपति राष्ट्रिय सहमतिबाटै चुनिनुपर्नेमा आफूहरू अडानमा रहेको उल्लेख गरे । यसले पनि माओवादी अझै पनि राष्ट्रिय सहमतिकै पक्षमा रहेको स्पष्ट हुन्छ । एमालेले सभामुख हात पारिसकेको छ । तीन प्रदेशमा मुख्यमन्त्री पाएको छ । प्रदेशका सभामुख पनि एमालेसँगै छ ।

    पुस १० गतेको सहमतिअनुसार साढे दुई वर्षपछि प्रधानमन्त्री एमालेले पाउनेछ । अहिले सभामुख र राष्ट्रपति पाइसकेको एमालेले साढे दुई वर्षपछि प्रधानमन्त्री पाएमा प्रचण्डको हविगत के होला ? भन्ने सबैले अनुमान गरेका छन् । त्यसैले सभामुख र राष्ट्रपति एमालेले लिएपछि ओलीको निरंकुशता कति हुन्छ भन्ने अनुमान प्रचण्डलाई राम्ररी थाहा छ । नेकपाकालमै प्रचण्डले ओलीको कार्यशैलीबाट भुक्तभोगी भइसकेका छन् । ओलीले प्रधानमन्त्री लिइसकेपछि सभामुख छाड्ला भन्नेमा प्रचण्ड आशावादी छैनन् । त्यही भएर यो साता उनले बोल्ड निर्णय गर्नसक्ने आकलन गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend