आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालकोटमा हलचल ल्याउने प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा के भो कुराकानी ?

बालकोटमा हलचल ल्याउने प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा के भो कुराकानी ?

  • मिडिया डबली
  • आइतवार, माघ २९ २०७९

  • 6.2K
    SHARES

  • बालकोटमा हलचल ल्याउने प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा के भो कुराकानी ?

     काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार शुक्रबार साँझ ढलेपछि प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण ठानिएको छ । आगामी फागुनमा हुन लागेको राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारको विरुद्धमा रहेका कांग्रेस र एकीकृत समाजवादी तथा राष्ट्रिय सहमतिको अडानमा रहेको माओवादीका कारण शुक्रबार रातिको भेटको खबरले बालकोटमा तरंग सिर्जना गरेको छ । प्रचण्ड, देउवा र नेपालबीच भेट भएपछि एमाले अध्यक्ष केपी ओली सशंकित भएका छन् ।

    सत्ता साझेदार दलहरूका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको केही घन्टापछि शुक्रबार राति कांग्रेस सभापति देउवा बालुवाटार पसेका थिए ।

    राति १० बजेतिर बालुवाटार गएका देउवा करिब एक घन्टा प्रधानमन्त्री प्रचण्डसँग पछिल्ला राजनीतिक घटनाक्रम र भावी राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गरेर बाहिरिएका थिए । प्रचण्ड र देउवाबीचको भेटवार्ता र विषयवस्तुबारे दुवै नेताका सचिवालयबाट औपचारिक रूपमा केही सार्वजनिक भएको छैन ।

    प्रचण्ड प्रधानमन्त्री भएपछि देउवाले बालुवाटारमा पुगेर उनीसँगै एक्लै भेट गरेका हुन् । यसअघि देउवा प्रधानमन्त्री प्रचण्डले सरकारलाई विश्वासको मत दिने राजनीतिक दलहरूको ३ माघमा बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन बालुवाटार पसेका थिए ।

    सुदूरपश्चिममा विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार विघटन भएलगत्तै बिहीबार नै कांग्रेस नेतृत्वको सरकार गठन भएको छ । सरकारमा एकीकृत समाजवादी सहभागी भइसकेको छ ।

    आफ्नो गृहप्रदेशबाट सत्तामा फर्कने ढोका खोलेपछि देउवा र एमालेसँग प्रतिशोध साँध्न पाएकोमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मख्ख छन् । शुक्रबार बिहान देउवा र नेपालबीच पनि भेट भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend