काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको सांसद पद खारेज भएकै दिन उनलाई गैरसांसदको हैसियतमै संविधानको धारा ७८ को उपधारा १ बमोजिम पुनः गृहमन्त्री बनाउने निर्णय गरेको थियो।
लामिछाने पनि गठबन्धनको भागबन्डामा गृह मन्त्रालय आफ्नो भागमा परेको भन्दै कुनै पनि हालतमा गृहमन्त्री बन्ने दाउमा छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि हालतमा गृह मन्त्रालय दिन नसकिने बताएपछि लामिछाने तनावमा परेका छन् ।
नागरिकता विवादले उपप्रधानमन्त्री, गृहमन्त्री र सांसद पद गुमाएका लामिछानेलाई मन्त्री बनाउन एमालेको चरम दबाब छ । तर नैतिकताको कलेवरमा लामिछानेका बाँकी मुद्दालाई कारण बनाउँदै प्रधानमन्त्री प्रचण्ड लामिछानेलाई गृह मन्त्रालय दिन हच्किएका छन् ।
मंगलबार बिहान बालुवाटार पुगेका रविले प्रचण्डसँग ‘मलाई बनाउन नहुने भए गृहमन्त्री सोबिता गौतमलाई बनाइदिनुस्’ भन्ने प्रस्ताव राखेका थिए ।
जवाफमा प्रचण्डले यो कुनै हालतमा सम्भावना नरहेको बताएको स्रोतले जनाएको छ । रवि जसरी पनि गृह मन्त्रालय आफ्नो पार्टीलाई दिनुपर्ने भन्दै सोवितालाई मन्त्री बनाउन चाहन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।