आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्डलाई चितवन ३ बाट लखेट्ने रवि अहिले उनैसँग मन्त्रीको भिख माग्दै

प्रचण्डलाई चितवन ३ बाट लखेट्ने रवि अहिले उनैसँग मन्त्रीको भिख माग्दै

  • मिडिया डबली
  • सोमवार, माघ १६ २०७९

  • 3.3K
    SHARES

  • प्रचण्डलाई चितवन ३ बाट लखेट्ने रवि अहिले उनैसँग मन्त्रीको भिख माग्दै

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले गैरसांसद छन् । अमेरिकी नागरिकता लिएर पनि पुरानै नेपाली नागरिकता प्रयोग गरिरहेको भेटिएपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो ।

    त्यसैले उनी निर्वाचित भएको चितवन २ अहिले जनप्रतिनिधिविहीन बनेको छ । गत निर्वाचनअघि चतिवन ३ बाट चुनाव लड्ने उनको तयारी थियो । चितवन ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुरानो निर्वाचन क्षेत्र हो । लामिछानेले प्रचण्डलाई हराउने उदघोषसहित त्यही निर्वाचन क्षेत्रमा उठ्ने तयारी गरेका थिए ।

    लामिछानेको क्रेजका कारण प्रचण्ड त्यहाँबाट ब्याक भएर गोरखा २ पुगे । प्रचण्ड गोरखा पुगेपछि रविले पनि चितवन ३ छाडेर चितवन २ मा उम्मेदवारी दिए । रविले प्रतिस्पर्धीभन्दा तेब्बर मतले चुनाव जिते । त्यसैले रविको मक्सद जसरी पनि प्रचण्डलाई हराउन मात्र रहेको पुष्टि भयो ।

    प्रचण्डले पनि गोरखा २ बाट भारी मतान्तरले चुनाव जिते । प्रचण्ड नेतृत्वको सरकारमा रवि उपप्रधानसहित गृहमन्त्री बने । तर, सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेसँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुम्यो । लामिछानेले पुनः नागरिकता प्राप्ति गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद त हात पारे ।

    अहिले उनी सांसद छैनन् । तर फेरि गृहमन्त्री बन्न खोजिरहेका छन् । त्यसका लागि उनले प्रधानमन्त्री प्रचण्डसँग मन्त्रीको भिख मागिरहेका छन् । सुरुमा उनले एमाले अध्यक्ष केपी ओलीलाई प्रयोग गरेर बालुवाटार पठाए । ओलीले लामिछानेलाई गृहमन्त्री बनाउन प्रचण्डलाई दबाब दिए ।

    तर प्रचण्डले तत्काल गृहमन्त्री बनाउन नसकिने जवाफ दिएपछि ओली बालकोट फर्के । ओली बालकोट फर्केपछि लामिछाने बालुवाटार पुगे । र, आफूलाई मन्त्री नियुक्त गर्न अनुनयविनय गरे ।

    तर, प्रचण्डले यस विषयमा अन्य दलसँग छलफल गरेर मात्र निर्णय लिने भनेर फर्काइदिए । त्यसपछि बालकोट पुगेका रवि अहिले मन्त्री नियुक्त हुन नसकेपछि तनावमा परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend