काठमाडौं– राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीनजनाको उमेदवारी परेको छ । लुम्बिनी प्रदेशअन्तर्गत रिक्त एक पदका लागि हुन लागेको निर्वाचनमा तीनजनाको उमेदवारी दर्ता भएको हो ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार नेकपा ९एमाले०बाट उमेदवारी कुमार दसौदीले उमेदवारी दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट माधवप्रसाद आचार्यले उमेदवारी दर्ता गराएका छन् ।
उपनिर्वाचनका लागि सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले पनि उमेदवारी दर्ता गराएको छ । उसका राजेन्द्रवीर रायले उमेदवारी दिएका छन् ।
एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बन्नका लागि राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।