शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

संसदको पहिलो बैठकमै यस्तो अचम्म ! थाहा पाउनेहरू नै छक्क 

संसदको पहिलो बैठकमै यस्तो अचम्म ! थाहा पाउनेहरू नै छक्क 

  • मिडिया डबली
  • बिहिवार, आषाढ १७ २०७८

  • 8.9K
    SHARES

  • संसदको पहिलो बैठकमै यस्तो अचम्म ! थाहा पाउनेहरू नै छक्क 

    काठमाडौं – नेपाली राजनीतिमा अनौठा अनौठा घटना हुने गर्छन् । बिहीबारदेखि सुरु भएको राष्ट्रियसभा संसदको अधिवेशनको पहिलो बैठकमै अचम्मको घटना भएको छ ।

    नयाँ बानेश्वरमा बिहीबार बसेको राष्ट्रियसभा अधिवेशनको पहिलो बैठकको शुरूमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् । जुन पत्रमा पूर्व माओवादीका नेताहरूलाई मन्त्री नियुक्त गरिएको उल्लेख छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् विस्तार गरेको २०७७ फागुन ११ गतेको पत्र बिहीबार संसदमा पढेर सुनाउँदा ती मन्त्रीहरू पदमुक्त भइसकेका थिए ।

    नेकपा माओवादी केन्द्रले सांसदबाट कारवाही गरेपछि टोपबहादुर रायमाझी लगायत नेताहरूले पुनः मन्त्रीको शपथ लिएका थिए । सर्वोच्च अदालतको अन्तरिम आदेशले सांसद नभएको व्यक्ति पटक–पटक मन्त्री बन्न नपाउने भन्दै रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत पूर्व माओवादी नेताहरू पदमुक्त भएका हुन् । तर मन्त्री नियुक्त भएको पत्र आज बिहीबार सुनाइएको छ ।

    पुस २६ गते राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएपछि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २ २०७९११:३९:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend