शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

अहो ! राष्ट्रियसभामा कति धेरै हरुवा !

अहो ! राष्ट्रियसभामा कति धेरै हरुवा !

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 6.0K
    SHARES

  • अहो ! राष्ट्रियसभामा कति धेरै हरुवा !

    काठमाडौं–  २०७४ को स्थानीय तह र संघीय र प्रदेश सभाको निर्वाचनमा पराजित आधा दर्जनले  राष्ट्रियसभा सदस्य बन्ने अवसर पाएका छन् ।

    स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा जनाताबाट पराजित विभिन्न अनुहार राष्ट्रियसभाको सांसद् बनेका हुन् । वामदेव गौतमलाई मनोनित गर्ने बाचा प्रधानमन्त्रीले पूरा गरेपछि निर्वाचनमा पराजित भएर राष्ट्रियसभामा पुग्नेको संख्या ६ पुग्नेछ । 

    गत निर्वाचनमा पराजित भएर पनि पुनः संघीय सांसद्  बन्न सफलमध्ये नारायणकाजी श्रेष्ठ हाइप्रोफाइल नेता हुन् । २०७४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

    प्रतिनिधिसभामा निर्वाचित श्रेष्ठले संघीय संसदको यो कार्यकालमा सांसद् नबन्ने प्रतिबद्धता जनाएका थिए । तर त्यसविपरीत उनी राष्ट्रियसभाको २ वर्षे कार्यकाल सकिएपछि भएको निर्वाचनको मौका छोप्दै उनी सांसद बने । 

    राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा २०७४ मा भएको प्रदेशसभा निर्वाचनमा पराजित व्यक्ति हुन् । दाङ २ ९क० बाट उम्मेदवार बनेका उनी पराजित भए पनि उनलाई नेकपाले राष्ट्रियसभा सदस्य बनायो र निर्वाचित भए । उनी अहिले संघीय सांसदको हैसियतमा राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका छन् । 

    गत स्थानीय तहको निर्वाचनमा पराजित अनुहारलाई पनि क्रेन लगाएर राष्ट्रियसभामा पुर्याइएको छ । जनमतको उपेक्षा गर्दै त्यसरी राष्ट्रियसभा सदस्य बनेकाहरूमा भगवती न्यौपाने, विमला घिमिरे र सिंहबहादुर बिक छन् ।

    न्यौपाने तनहुँको भानु नगरपालिका मेयर, घिमिरे तनहुँको वाणगंगा नगरपालिका मेयर सिंहबहादुर सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका सदस्यमा पराजित व्यक्ति हुन् । 

    यो सूचीमा अब नेकपाका उपाध्यक्ष वामदेव गौतम पनि थपिँदै छन् । उनलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसके पनि यो सामग्री तयार पार्दासम्म राष्ट्रपतिकोमा भने पुगिसकेको छैन ।

    गौतम त राष्ट्रियसभा सदस्य बनेर महत्त्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री नै बन्ने ध्याउन्नमा छन् । यद्यपि, मन्त्री बन्न भने उनलाई संविधान बाधक बन्ने कतिपयले बताएका छन् । साँघु साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २ २०७९११:३९:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend