काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति भए राम्रो हुने बताएका छन् । बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीले सोधेको प्रश्नमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले सत्ता साझेदार दल र आफ्नोतर्फबाट पनि सहमतिको प्रयास भइरहेको बताए ।
‘राष्ट्रपतिका लागि समय बाँकी छ । हामी सत्ता साझेदार दल र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतिर कोशिस छ । हामी त्यो कोशिस जारी राख्छौ’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।