आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

ओलीको झापामोह, देवराजलाई सभामुख बनाउँदै

ओलीको झापामोह, देवराजलाई सभामुख बनाउँदै

  • मिडिया डबली
  • मंगलवार, माघ ३ २०७९

  • 3.3K
    SHARES

  • ओलीको झापामोह, देवराजलाई सभामुख बनाउँदै

    काठमाडौं - आफू प्रधानमन्त्री हुँदा केपी ओलीले झापाका धेरैलाई राजनीतिक नियुक्ति गरेर कीर्तिमान भएका थिए । त्यसबेला ओलीले पाँच दर्जनभन्दा बढी व्यक्तिलाई नियुक्ति दिएका थिए ।

    यसपटक पनि ओलीले झापामोह देखाउन सुरु गरेका छन् । त्यसको पहिलो प्रयास सभामुख हुने देखिएको छ । संघीय संसद् सचिवालयले बिहीबार नयाँ सभामुखका लागि निर्वाचन गर्ने भएको छ । त्यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

    सत्तागठबन्धनमा सभामुख एमालेले पाउने सहमति भइसकेको छ । त्यसैले एमालेबाट को सभामुखको उम्मेदवार होला भन्ने चासो बढेको छ । एमालेबाट सभामुखका लागि अहिलेसम्म तीनजना मुख्य दाबेदार देखिएका छन् ।

    जसमा झापाका देवराज घिमिरे, रुपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वी सुब्बा गुरुङ छन् । गुरुङ पार्टी उपमहासचिवसमेत हुन् । विश्वकर्मा सचिव हुन् । तर, एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभाको सभामुखमा घिमिरेलाई उम्मेदवार बनाउने भएको स्रोतले बतायो ।

    झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका घिमिरेलाई ओलीको विश्वासपात्र मानिन्छ। एमाले प्रदेश–१ इञ्चार्जसमेत रहेका घिमिरे पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०५६ सालमै राष्ट्रियसभा सदस्य बनेका थिए।

    एमालेमा सुरुदेखि नै गुरुङलाई सभामुख बनाउन दबाब पर्दै गए पनि पछिल्लो समय उनी दौडमा पछि परेका छन् । नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने बताए पनि कसलाई उठाउने भन्ने निर्णय गरेको छैन । सत्ता गठबन्धनमा निर्वाचित गर्नसक्ने मत भएकाले पनि कांग्रेसले आफ्नो उम्मेदवारको नाम बुधबार मात्र तय गर्ने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend