आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बालुवाटारमा उपेन्द्र यादव बीचमै छाडेर हिँडेपछि सन्नाटा, प्रचण्ड सरकार लड्खडायो

बालुवाटारमा उपेन्द्र यादव बीचमै छाडेर हिँडेपछि सन्नाटा, प्रचण्ड सरकार लड्खडायो

  • मिडिया डबली
  • मंगलवार, माघ ३ २०७९

  • 6.8K
    SHARES

  • बालुवाटारमा उपेन्द्र यादव बीचमै छाडेर हिँडेपछि सन्नाटा, प्रचण्ड सरकार लड्खडायो

    काठमाडौं- शक्ति बाँडफाँटमा असहमति जनाउँदै जनता समाजवादी पार्टी (जसपा) सरकारमा सामेल नहुने भएको छ । सोमबार बालुवाटारमा सम्पन्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा बाँडफाँट सम्मानजनक नभएको भन्दै अध्यक्ष उपेन्द्र यादव बैठक नसकिँदै बीचबाटै उठेर हिँडेका थिए ।

    ‘हामी सरकारमा जाने विषयमा समझदारी हुन सकेन,’ बालुवाटारबाट बाहिरिँदै यादवले भने, ‘साझेदार दलहरूको प्रवृत्ति ठीक लागेन, पहिल्यै सहमति गरेर बचेखुचेको भाग जसपालाई दिन खोजियो, त्यसैले मंगलबारको मन्त्रिपरिषद् विस्तारमा हाम्रो सहभागिता हुँदैन ।’ 

    जसपाले असहमति जनाउँदै सरकारमा नजाने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनावमा परेका छन् । एमाले अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले महत्वपूर्ण र जनसम्पर्कको मन्त्रालय आफैंले राखेपछि प्रधानमन्त्री प्रचण्डसमेत असन्तुष्ट छन् । 

    १२ सिट रहेको जसपाले बैठकमा तीनवटा मन्त्रालयसहित उपराष्ट्रपतिमा दाबी गरेको थियो । तर, १४ सिट रहेको राप्रपालाई रोजेअनुसारकै तीन मन्त्रालय दिन तयार हुँदा जसपालाई भने दुई मन्त्रालयमै चित्त बुझाउन एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए । गृहमन्त्री लामिछानेले त आफूहरुले मागेको मन्त्रालय नदिए सरकारमा नबस्ने भन्दै बार्गेनिङ गरेको स्रोतले बतायो ।

    राप्रपा र रास्वपाले जुन मन्त्रालय माग्यो त्यही दिने, तर जसपालाई बचेखुचेको मन्त्रालय दिने भएपछि यादव आक्रोशित हुँदै सुरुमै बाहिरिएका थिए । यदि जसपा सरकारमा नगएमा कांग्रेस, एकीकृत समाजवादी र लोसपासँगै प्रतिपक्षमा बस्नेछ । जसकारण जुनसुकै बेला सत्ता समीकरण भत्कने सम्भावना बढेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend