काठमाडौं– जनता समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुनका लागि सर्त अघि सारेको छ । न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने सो पार्टीको भनाइ छ ।
‘निर्वाचनको परिणामलाई विचार गर्दा संयुक्त सरकार गठन गर्नुको विकल्प छैन’, जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘ सरकारको न्यनुतम साझा नीति तथा कार्यक्रम र सत्ता शक्तिको बाँडफाँडमा हुने सहमति र समझदारीको आधारमा सरकारमा पार्टीको सहभागिता हुन सक्नेछ ।’
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा सो पार्टीलाई दुई मन्त्रालय दिनेबारे सहमति भएको भनिएका बेला उनले भने पार्टीको लागि न्यायोचित तथा सम्मानजनक अवस्था भएमा मात्र सरकारमा सहभागिता हुने बताए । अन्यथा सरकारमा सहभागी नहुने उनको भनाइ थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।