काठमाडौं– घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गरेर उनी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन्।
‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने । सैद्धान्द्धिक रुपले र वर्तमानमा बसेर इतिहास हेर्दै अगाडि बढ्न सकिने ठाउँ पनि एकीकृत समाजवादी भएको उनको भनाइ छ ।
कम्युनिस्ट आन्दोलन, विगतको नेकपा एमाले, माओवादी, नेपाल कम्युनिस्ट पार्टी निर्माण र भंग भएको अवस्थाको चित्रण र एकीकृत समाजवादीको सकारात्मक विषयको चर्चा नेता भुसालले पत्रकार सम्मेलनको अन्तिमतिर उनले भने, ‘म अब एकीकृत समाजवादीको कार्यालयमा जान्छु र सदस्यता रिन्यु गर्छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।