आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

प्रचण्डलाई विश्वासको मतले कांग्रेस र अन्यत्र सनसनी, ओलीको अनुहार उज्यालो हुनै छाड्यो

प्रचण्डलाई विश्वासको मतले कांग्रेस र अन्यत्र सनसनी, ओलीको अनुहार उज्यालो हुनै छाड्यो

  • मिडिया डबली
  • बिहिवार, पौष २८ २०७९

  • 3.8K
    SHARES

  • प्रचण्डलाई विश्वासको मतले कांग्रेस र अन्यत्र सनसनी, ओलीको अनुहार उज्यालो हुनै छाड्यो

    काठमाडौं - प्रतिपक्षमै बस्ने गरी सरकारलाई विश्वासको मत दिएको विषयले कांग्रेसमा तीव्र असन्तुष्टि फैलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिइएको विषयले कांग्रेसमा संस्थापनइतर समूहका दोस्रो तहका नेताहरू असन्तुष्ट बनेका हुन् ।

    पार्टीको यो निर्णयबाट आमकांग्रेसजन खुसी देखिएका छैनन् । अझै शुभचिन्तक र समर्थक त भाँडिएका छन् । सामाजिक सञ्जालमा कांग्रेसको आलोचना कम भएको छैन ।

    विश्वासको मत पनि दिने, अनि प्रतिपक्षमै रहने निर्णय विरोधाभासपूर्ण रहेको भन्दै कांग्रेसका संस्थापन इतर समूहका युवा नेताहरूले नेतृत्वप्रति आक्रोश पोखेका छन् ।

    नेताहरूले सरकारलाई समर्थन गरिसकेको अवस्थामा प्रतिपक्षीका रूपमा खबरदारी गर्ने आधार र औचित्य नरहेको भन्दै पार्टी नेतृत्वको विरोध गरेका हुन् । डा.मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, जगदीश्वरनरसिंह केसी, भूपेन्द्रजंग शाहीलगायतका नेताहरु निकै क्रुद्ध देखिएका छन् ।

    संसदीय प्रणालीमा प्रतिपक्षविहीन संसद् बनाउने गरी नेतृत्वले गरेको निर्णय अस्वाभाविक भएको नेता रिजालको तर्क छ । ‘लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ प्रतिस्पर्धा, आलोचना, खबरदारी र विकल्प प्रस्तुतिको हुनुपर्दछ ।

    प्रधानमन्त्रीमाथिको विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको बन्दैन । त्यसैले यो प्रस्तावको पक्षमा मत दिने कांग्रेसको निर्णय अस्वाभाविक छ,’ रिजालले भनेका छन् ।

    कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका खेल्नुपर्ने धेरैको भनाइ छ । प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसमा मात्र होइन, अन्य दलमा पनि शंकाको आगो फैलिएको छ । कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदैछ भन्ने सुनेको दिनदेखि एमाले अध्यक्ष केपी ओलीको निद्रा खलबलिएको छ ।

    उनी चैनसँग बस्न सकेका छैनन् । जुन कुरा मंगलबारको संसद् बैठक, बुधबार राप्रपाले आयोजना गरेको चियापान कार्यक्रम र बालकोटमा प्रधानमन्त्री प्रचण्डसँगको भेटमा ओलीको अनुहारले प्रस्ट पार्छ ।

    गोरखाबाट सिधै बालकोट आइपुगेका प्रचण्डलाई ओलीले कांग्रेसले विश्वासको मत दिँदा कुनै गोप्य सहमति त भएको छैन नि भन्दै केरकार गरेका थिए । प्रचण्डले त्यस्तो कुनै सहमति नभएको प्रस्टीकरण दिएका थिए ।

    ओलीले दिउँसो भृकुटीमण्डपमा आयोजित राप्रपाको चियापानमा गृहमन्त्री रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रचण्डको कुनै भर नहुने भन्दै सत्ता गठबन्धन जुनसुकै बेला टुट्न सक्ने भन्दै सजग गराएको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend