काठमाडौं– सन्दीप लामिछानेबाट जबरजस्ती करणीमा परेकी भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले दिएको छ।
वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण जिल्ला अदालत काठमाडौंमा पठाएको हो। उनको जन्म २०६१ जेठ १८ कि २०६२ जेठ १८ गते भएको भन्ने विषय विवादित छ।
अघिल्लो जन्ममिति कायम हुँदा पीडित भनिएकी किशोरी घटना भएको बेला बालिग हुने तर पछिल्लो जन्ममिति कायम हुँदा नाबालिग हुने भएपछि उनको जन्ममिति यो मुद्दामा एक मुख्य विषय बनेको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।