जनकपुरधाम– सिराहाका मिटर ब्याज घटना पीडितहरु आन्दोलन घोषणा गरेका छन् । आफूहरुको मागप्रति सरकार वेवास्ता गरिरहेको भन्दै मधेश प्रदेश मिटर ब्याज घटनाका संघर्ष समितिले मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार गोलबजारमा दबाबमूलक र्याली प्रदर्शन गर्ने उनीहरूले बताएका छन् । त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गरी सशक्त रुपले संघर्ष थाल्ने संघर्ष समितिका मधेश प्रदेश संयोजक मनोज पासमानले बताए ।
मिटर ब्याज घटनालाई सञ्चारमाध्यमले व्यापक रुपमा उठाएपछि सरकारले कार्यदल गठन गरेको थियो । त्यसपछि पीडितहरुलाई सरकारले जिल्ला प्रशासनमा उजुरी दिनसमेत लगाएको थियो । तर, पीडितहरु अझैसम्म न्याय पाएको गुनासो गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।