आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

ओलीबाट पार्टी जोगाउन एकीकृत समाजवादी सरकारमा जान सक्ने

ओलीबाट पार्टी जोगाउन एकीकृत समाजवादी सरकारमा जान सक्ने

  • मिडिया डबली
  • आइतवार, पौष १७ २०७९

  • 2.9K
    SHARES

  • ओलीबाट पार्टी जोगाउन एकीकृत समाजवादी सरकारमा जान सक्ने

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने–नहुने भन्नेमा एकीकृत समाजवादीमा दुई धार देखिएको छ ।

    शनिबारदेखि सुरु स्थायी कमिटी बैठकमा अधिकांश नेताले सरकारमा सहभागी नभई आफ्नो शक्तिमा विश्वास गरेर पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

    केही नेताले भने सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर समर्थन वा विरोध गर्नुपर्ने सुझाव दिएका छन् । आफ्नो पार्टी सरकारमा नभए प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको कोपभाजनमा पर्न सक्ने, सांसदहरू चोरिन सक्ने भय पनि एकीकृत समाजवादीका नेताहरूमा देखिएको छ ।

    पार्टीका शीर्ष नेताहरूसँग छलफल र संवाद नहुँदा त एमालेले एकतर्फी ढंगले एकीकृत समाजवादी एमालेमा विलय हुने भन्ने प्रचार गरेपछि माधव नेपाललगायतका नेताहरू सतर्क बनेका छन् । यद्यपि यो सरकारमा जाने कि नजाने भन्नेमा स्थायी कमिटी बैठकले निर्णय लिने भएको छ ।

    शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठक आइतबार पनि जारी रहनेछ । शनिबारको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नयाँ किसिमको चुनौती देखापरेको बताएका थिए । उनले समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुगेको धारणा राखेका थिए ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले वचन तोड्दा वाम–लोकतान्त्रिक गठबन्धन भंग भएको र नयाँ गठबन्धन बनेको नेपालको भनाइ उद्धृत गर्दैे एक नेताले जानकारी दिए । नयाँ परिस्थितिको विश्लेषण गरेर अगाडि बढ्न नसक्दा अप्रत्याशित घटना भएको नेपालको भनाइ थियो ।

    ‘अप्रत्याशित घटनापछि गठबन्धन भंग भएको छ । नयाँ गठबन्धनले कस्तो नीति लिन्छ हेर्न बाँकी नै छ । विगतमा वामपन्थीलाई दिएको जनमतको सदुपयोग हुन नसकेको परिप्रेक्ष्यमा आगामी यात्राबारे ठोस निर्णय गर्नुपर्नेछ,’ नेपालले भनेका थिए, ‘पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेन्डाका साथ अगाडि बढनुपर्छ । देशव्यापी अभियान अगाडि बढाउने गरी निर्णयमा पुग्नुपर्छ ।’

    नेपालको यो भनाइले नेताहरूले पार्टी सरकारमा जान सक्ने अनुमान गरेका छन् । प्रचण्ड र ओलीको कोपभाजनबाट बच्न पनि केही थान मन्त्री लिएर एकीकृत समाजवादी पार्टीमा सामेल हुने चर्चा छ ।

    प्रचण्डले पनि नेपाललाई सरकारमा ल्याउन भरमग्दुर प्रयास गरिरहेका छन् । तर औपचारिक रुपमा छलफल भने गरेका छैनन् । विश्वासको मत नलिएसम्म औपचारिक रुपमा सरकारमा सामेल गर्न प्रचण्ड छलफल गर्ने मनस्थितिमा समेत देखिएका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend