काठमाडौँ- लोकप्रिय गायक बिक्रम परियार र गायिका सुनिता बुढा क्षेत्रिको आबाजमा लोकदोहोरी गीत 'चिसो सिरानी...' रिलिज भएको छ । शुनिल परियारको संगीत संयोजनमा रहेको उक्त गीतलाई पन्त सन्तोष नामक युटुब च्यानल मार्फत रिलिज गरिएको हो ।
पछिल्लो समयमा चर्चा बटुल्न सफल सर्जक सन्तोष पन्तको शब्दलाई टपक्क टिपेर शंखर पन्तले गीतमा संगीत भरेका हुन् ।
जेरी भण्डारीको निर्देशनमा तयार पारिएको भिडिओमा कलाकार सन्तोष पन्त र खुशी थापाको दर्दनाक अभिनय देख्न सकिन्छ । करण चैसिरको छायाँकनमा रहेको भिडिओमा सुजन कोइरालाको सम्पादन रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।