काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विदेश भ्रमणको थालनी दक्षिणी छिमेकी भारतबाटै गर्ने बताएका छन्।
प्रधानमन्त्री भएको भोलिपल्टै भारतको चर्चित टेलिभिजन च्यानल एबीपी न्यूजलाई छोटो अन्तर्वार्ता दिने क्रममा दाहालले यस्तो बताएका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले अन्तर्वार्ताका क्रममा सोमबार प्रधानमन्त्री भएलगत्तै भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग कुराकानी भएको पनि खुलाएका छन्।
त्यसक्रममा उनले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालेपछि पहिलो विदेश भ्रमण भारतबाटै हुने खुलाएका हुन्।
आफूलाई विदेशी कटूनीतिज्ञमध्ये सबैभन्दा पहिले भारतीय राजदून नवीन श्रीवास्तवले फोन गरेर सबैभन्दा पहिले बधाई दिएको पनि खुलाए।
त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत आफूलाई सबैभन्दा पहिले बधाई दिएको पनि दाहलले उल्लेख गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।