काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई जानकारी नदिई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको गुनासो गरेका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले प्रचण्ड प्रधानमन्त्री भएको आफूले पत्रपत्रिकाबाट भएको थाहा पाएको बताए ।
‘अस्ति हाम्रो पार्टीको संलग्नता बेगर, हाम्रो पार्टीलाई जानकारी नदिइकन प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए’, बैठकमा नेपालको भनाइ थियो, ‘ पत्रिकाबाट न थाहा भएको हो । फोटो देखेर न थाहा भएको हो हामीलाई ।’
प्रचण्डको व्यवहारबाट आफू दुःखी भएको उनले पार्टी कार्यकर्ताहरुलाई बैठकमा सुनाए । ‘यस सम्बन्धमा मैले टिप्पणी के गरेको छु भने प्रचण्डजीको यो व्यवहारबाट म दुःखी छु, दुखित छु,’ नेपालले भने । उनले आफूहरु कांग्रेस र माओवादी दुबैबाट पीडित भएको समेत गुनासो गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।