काठमाडौं - एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफल सुरु भएको छ ।
एमाले, माओवादी र राप्रपाका शीर्ष नेता छलफलमा बसेका हुन् । अहिले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका महासचिव देव गुरुङ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई पनि बालकोट पुगेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट जाने भने पनि सिधै खुमलटारस्थित आफ्नो निवास पुगेका छन् । उनले नयाँ सरकार गठनका विषयमा छलफल गर्न देव गुरुङलाई पूरै अधिकार दिएका छन् ।
राप्रपा अध्यक्ष लिङ्देन झापाबाट सिधै बालकोट पुगेर नयाँ सरकार गठनबारे छलफलमा बसेका छन् । एमाले नेताहरूले सत्तागठबन्धन टुटे नयाँ समीकरण बन्ने बताउँदै आएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको अभिव्यक्ति दिइसकेका छन् । उनका अनुसार अब कांग्रेसको हातबाट नयाँ सरकार गठनको बल फुत्किसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।