आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

जसपा सत्तागठबन्धनमा फर्के एमाले पाँच वर्षसम्म सडकमै

जसपा सत्तागठबन्धनमा फर्के एमाले पाँच वर्षसम्म सडकमै

  • मिडिया डबली
  • बिहिवार, पौष ७ २०७९

  • 3.9K
    SHARES

  • जसपा सत्तागठबन्धनमा फर्के एमाले पाँच वर्षसम्म सडकमै

    काठमाडौं - प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । सांसदहरु संसद् प्रवेश गरेलगत्तै नयाँ सरकार गठनको तयारी तीव्र ढंगले अघि बढ्नेछ । नेताहरुका अनुसार आगामी पुस १५ गतेसम्म केन्द्रमा नयाँ सरकार बनिसक्नेछ ।

    दलहरुले बिहीबारदेखि नै सरकार गठनको प्रयास गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाउने तयारी गरेका छन् । अब शक्ति बाँडफाँडमा दलहरु केन्द्रित हुने भएका छन् ।

    जसमा ३५ वटा पदबारे छलफल सुरु हुनेछ । अहिलेसम्म सत्तारुढ गठबन्धनकै सरकार बन्ने सम्भावना छ । अहिलेको गठबन्धनमा जसपा र जनमत पार्टी पनि सामेल हुने भएका छन् । जसपा र जनमत पार्टी यदि सत्तागठबन्धनमा सामेल भएमा सात प्रदेश र केन्द्र सरकार कांग्रेस नेतृत्वमै बन्नेछ ।

    एमाले पाँच वर्षसम्मै सडकमै हुने निश्चित छ । अंकगणितका आधारमा सातै प्रदेशसमा एमाले सत्ता बाहिरै रहने देखिन्छ । प्रदेश १ मा जसपाको एक मत निर्णायक छ । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा बहुमतको सरकार गठनका लागि ४७ मत चाहिन्छ ।

    सत्ता गठबन्धन र एमाले–एमाले गठबन्धनको बराबर ४६–४६ मत रहेको छ । यहाँ जसपाको एक मत निर्णायक हुने छ । जसपा सत्तागठबन्धनमा सामेल भएमा एमालेको सरकार बनाउने सपना तुहिने छ । एमालेले सरकार गठन गर्न सक्ने मत प्रदेश १ मा मात्र पाएको छ ।

    अन्य प्रदेशमा एमालेलाई धेरै नै मुस्किल पर्ने देखिन्छ । प्रदेश १ मा पनि जसपाको १ मत मै निर्भर रहन्छ । त्यसैले प्रदेश १ मा सरकार गठन गर्न नसके एमाले सातै प्रदेशमा सत्ता बाहिर रहन्छ । मधेस प्रदेशको कुल प्रदेश सभा सदस्य संख्या १०७ रहेको छ ।

    यहाँ बहुमतको सरकार गठन गर्न ५४ मत आवश्यक पर्छ । यहाँ सत्तारुढ गठबन्धन दलको ४६ मत रहेको छ । यस्तो अवस्थामा सरकार गठनका लागि सत्ता गठबन्धनलाई थप आठ मत आवश्यक पर्छ । मधेसमा जसपाको १६ मत रहेको छ ।

    जसपा गठबन्धमा फर्कने हो भने मधेसमा पनि गठबन्धनको सरकार सहजै बन्छ र एमाले सत्ता बाहिर बस्नुपर्ने अवस्था बन्छ । तर, जसपा नआए पनि यहाँ गठबन्धनकै सरकार बन्ने देखिन्छ । जनमत पार्टीसँग १३ सांसद छन् । जनमत पनि सरकारमा सामेल हुने तयारीमा छ ।

    बागमती प्रदेशसभा सदस्यको कुल संख्या ११० रहेको छ । यहाँ बहुमतको सरकार गठनका लागि ५६ मत चाहिन्छ । कांग्रेसको ३७, माओवादीको २१, एकीकृत समाजवादीको सात गरी सत्ता गठबन्धनसँग ६५ मत रहेको छ । यहाँ गठबन्धनले सहजै सरकार बनाउन सक्छ ।

    एमालेको २७ र राप्रपाको १३ गरी एमाले गठबन्धनको ४० मत रहेको छ । जुन मत सरकार गठनका लागि १६ अपुग हो । यहाँ नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली दलको दुई मत रहेको छ । यी दुई दलको समर्थन पाए पनि एमालेले सरकार गठन गर्न सक्दैन । गण्डकी प्रदेशसभाको कुल संख्या ६० रहेको छ । यहाँ सरकार गठनका लागि ३१ मत चाहिन्छ । यहाँ पनि वर्तमान सत्ता गठबन्धनलाई सरकार गठनका लागि सहजै बहुमत पुग्छ ।

    कांग्रेसको २७, माओवादीको आठ, एकीकृत समाजवादीको एक गरी सत्ता गठबन्धनसँग ३६ मत रहेको छ । यो मत सरकार गठनका लागि सहज बहुमत हो । त्यसैगरी एमालेको २२ र राप्रपाको २ मत गरी एमाले–राप्रपा गठबन्धसँग २४ मत रहेको छ । एमाले–राप्रपा गठबन्धनलाई सरकार गठनका लागि सात मत पुग्दैन । लुम्बिनी प्रदेशसभाको कुल सदस्य संख्या ८७ रहेको छ । यहाँ सरकार गठनका लागि ४४ मत आवश्यक हुन्छ ।

    लुम्बिनीमा गठबन्धन दलसँग ४१ मात छ । सरकार गठनका लागि गठबन्धनलाई ३ मत पुग्दैन । यहाँ एमाले गठबन्धनको ३३ मत मात्र रहेको छ । एमालेलाई सरकार गठनका लागि ११ मत पुग्दैन । लुम्बिनीमा जसपाको तीन मत रहेको छ ।

    सपा गठबन्धनमा फर्कने हो भने गठबन्धनलाई सरकार गठन गर्न आवश्यक मत पुग्छ । यस्तो अवस्थामा यहाँ पनि एमाले सरकार बाहिर बस्नुपर्ने अवस्था बन्छ । कर्णालीको कुल प्रदेशसभा सदस्यको संख्या ४० रहेको छ । यहाँ बहुमतको सरकार गठन गर्नका लागि २१ मत चाहिन्छ । कर्णालीमा कांग्रेसको १४, माओवादीको १३ र एकीकृत समाजवादीको एक गरी सत्तारुढ दलको २८ मत रहेको छ ।

    एमालेको १० र राप्रपाको १ गरी एमाले–राप्रपा गठबन्धनको ११ मत रहेको छ । यहाँ एमाले नेतृत्वमा सरकार गठनका लागि १० मत पुग्दैन । यसरी हेर्दा कर्णालीमा सत्तारुढ गठबन्धनकै सरकार गठन हुने देखिन्छ । कर्णालीमा एक स्वतन्त्र मत छ । सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय रहेको छ ।

    यहाँ बहुमतको सरकार गठनका लागि २७ प्रदेशसभा सदस्य चाहिन्छ । सुदूरपश्चिममा कांग्रेसको १९, माओवादीको ११ र एकीकृत समाजवादीको चार गरी सत्तारुढ दलको ३४ मत रहेको छ । यस आधारमा गठबन्धनले सहजै सरकार गठन गर्न सक्छ ।

    यहाँ एमालेको १० र राप्रपाको एक गरी ११ मत रहेको छ । एमाले–राप्रपा गठबन्धनको सरकार गठनका लागि १६ मत पुग्दैन । त्यति मात्रै नभएर बाँकी सबै दलको मत पाउँदा पनि एमालेले सरकार गठन गर्न सक्दैन । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको सात र एक मत स्वतन्त्र रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend