आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड र नेपालबीचको छलफलमा के भयो कुराकानी? 

प्रचण्ड र नेपालबीचको छलफलमा के भयो कुराकानी? 

  • मिडिया डबली
  • सोमवार, पौष ४ २०७९

  • 2.3K
    SHARES

  • प्रचण्ड र नेपालबीचको छलफलमा के भयो कुराकानी? 

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

    बिहान चितवन पुगेका प्रचण्ड दिउँसो फर्केपछि विमानस्थलबाट सिधै कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका थिए। प्रचण्ड र नेपालबीच एक घण्टाभन्दा बढी समय कुराकानी भएको जनाइएको छ। उनीहरूबीच नयाँ सरकार गठन लगायतका विषयमा कुरा भएको बताइएको छ।

    आइतबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिने म्याद दिएर दलहरुलाई संविधानको ७६ (२) अनुसार नयाँ प्रधानमन्त्री सिफारिस गर्न समय दिइसकेकी छन्। राष्ट्रपतिको आह्वानलगत्तै आइतबार साँझ प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए।  सोमबार बिहान चितवन पुगेका प्रचण्डले आफू प्रधानमन्त्री पदकै लागि जे पनि नगर्ने र सत्ता गठबन्धनभित्रै प्याकेजमा सहमतिको प्रयास भइरहेको बताएका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०३:३५:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend