काठमाडौं– नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरुले संसदीय दलको नेताको साझा उम्मेदवारमा सहमति जुटाउन नेताद्वय शेखर कोइराला र गगन थापालाई आग्रह गरेका छन् ।
कांग्रेसको निर्वाचन समितिले संसदीय दलको नेताका लागि भोलि मंगलबार दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । त्यसको अघिल्लो दिन सोमबार विहान डा. शेखर र महामन्त्री थापाबीच कुराकानी भएको थियो ।
दिउँसो समूहका नेताहरु छलफलमा जुटेका थिए । एक सहभागीका अनुसार महामन्त्री गगन थापाले आफूले संसदीय दलको नेतामा चुनाव लड्ने भनेर मत मागेको बताए । अहिलेको अंगकणितले संसदीय दलको चुनाव जित्ने अवस्था पनि भएकाले आफूलाई उम्मेदवार बन्न दिन उनले आग्रह गरेका थिए । डा. शेखरले भने १४औं महाअधिवेशनमा शेरबहादुर देउवासँग आफूले प्रतिस्पर्धा गरेकाले आफ्नै नेतृत्वमा अघि बढ्दा के फरक पर्छ भनेर प्रश्न गरेका थिए ।
छलफलमा सहभागी नेताहरुले भने यो समूहबाट एउटै उम्मेदवार हुनुपर्नेमा जोड दिएका छन् । समूहको बैठक भोलि विहान साढे ८ बजे राखिएको छ, जहाँ थप छलफल हुनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।