आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

ओली बार्दलीमा, राष्ट्रपति झ्यालमा

ओली बार्दलीमा, राष्ट्रपति झ्यालमा

  • मिडिया डबली
  • बिहिवार, मंसिर २९ २०७९

  • 4.1K
    SHARES

  • ओली बार्दलीमा, राष्ट्रपति झ्यालमा

    काठमाडौं- भनिन्छ पद र प्रतिष्ठा क्षणिक हुन् । टिकाउ हुन्नन् । आज बलियो र सर्वशक्तिमान भनिएको व्यक्ति केही दिनमै सडकमा आइपुग्छ । वरिपरि गाडी घोडा, सेना, प्रहरी सबै थोरै समयका लागि मात्र हो । जुन कुरा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको साढे तीन वर्षमा देखिएको थियो ।

    अघिल्लो निर्वाचनमा वाम एकताको नाममा झन्डै दुई तिहाइ मतसहित प्रधानमन्त्री बनेका ओलीको रजगज थियो । कसैले ओलीको विरुद्धमा बोल्ने आँट राख्दैनथ्यो । बोलेमा उसकै लागि प्रत्युत्पादक हुन्थ्यो । त्यो हुनुमा जनमत कम्युनिस्ट पार्टीमा धेरै भएकाले पनि हो । नेपाली कांग्रेसको हैसियत त विशेष अधिवेशन आह्वानका लागि पनि पुग्दैनथ्यो । त्यही भएर ओली बेलगाम घोडाझै अघि बढे । हुने नहुने सबै काम गरे । 

    बहुमतको प्रधानमन्त्री हुँदाहुँदै सरकार चलाउन नसकेर संसद् विघटन गरे । आफ्नै पार्टी नेकपा विघटन भयो । फेरि उनले अर्को पटक संसद् विघटन गरे । अन्तिममा सर्वोच्च अदालतको परमादेशपछि उनी प्रधानमन्त्रीबाट च्यूत भए । र, बालुवाटारबाट बालकोटको बार्दलीमा पुगे । केही समयपछि ओली बार्दलीमा बसेर खिचाएको तस्बिर निकै भाइरल भयो । त्यसपछि नै हो ‘बार्दली बा’ शब्द चर्चामा आएको ।

    अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको झ्यालको तस्बिर पनि त्यस्तै चर्चामा छ । कार्यकालको अन्त्य अन्त्यतिर भण्डारी बुधबार जन्मघर भोजपुर पुगिन् । उनले आफ्नो घरको निरीक्षण गरिन् । त्यही बेला उनले खिचाएको झ्यालको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जुन तस्बिरमा भण्डारी निन्याउरो अनुहार लगाएर हेरिरहेकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend