आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा विरुद्ध गगन, विश्व र प्रदीप एकै ठाउँमा, चौतर्फी खैलाबैला 

देउवा विरुद्ध गगन, विश्व र प्रदीप एकै ठाउँमा, चौतर्फी खैलाबैला 

  • मिडिया डबली
  • सोमवार, मंसिर २६ २०७९

  • 10.9K
    SHARES

  • देउवा विरुद्ध गगन, विश्व र प्रदीप एकै ठाउँमा, चौतर्फी खैलाबैला 

    काठमाडौं– सरकारले ल्याएको अध्यादेशको अहिले चौतर्फी विरोध भइरहेको छ। कांग्रेसका तीन नेता गगनकुमार थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि यो प्रकरणमा एक ठाउँमा उभिएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेल अध्यादेशको विरोधमा दुई महामन्त्रीसँगै उभिएका हुन् ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरी लगायतलाई माफी दिन सक्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएको थियो । यो अध्यादेश सोमबार राष्ट्रपति कार्यालय पुगेको छ ।

    कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा तथा केन्द्रीय सदस्य पौडेलले यसको विरोध गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘कानुनी र राननीतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ ।’


    शर्माले राखेको धारणा शत प्रतिशत सही भएको भन्दै महामन्त्री थापाले सोमबार भनेका छन्, ‘मेरो वा विश्वप्रकाश शर्माको मात्र होइन, कांग्रेसकै धारणा हो ।’ महामन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अहिलेको सरकार कामचलाउ हो, यसले दूरगामी महत्वको निर्णय गर्न मिल्दैन । अध्यादेश ल्याउन कानूनी र संवैधानिक हैसियत यो सरकारलाई छैन । यसको विषय र मनसाय गलत छ ।’

    सरकारले अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै उनले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने माग गरेका छन् ।

    केन्द्रीय सदस्य पौडेलले पनि अध्यादेशको विरोध गरेका छन् । अध्यादेश ल्याउनु हिजो पनि गलत भएको र आज पनि गलत भएको भन्दै हिजोकै प्रवृत्ति रहिरहने हो भने फरकपनको आभास कसरी हुन्छ ? भन्ने प्रश्न गरेका छन् ।

    केन्द्रीय सदस्य पौडेलले सोमबार ट्वीट गरेका छन्, ‘सबै विषयहरुको उचित हल हतारोमा अध्यादेशमार्फत होइन, नवनिर्वाचित संसदमार्फत खोजौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend