आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

सरकारका प्रवक्ता भन्छन्– चोलेन्द्रविरुद्धको महाभियोगबारे नयाँ संसद्मा छलफल भएर निर्णय हुन्छ

सरकारका प्रवक्ता भन्छन्– चोलेन्द्रविरुद्धको महाभियोगबारे नयाँ संसद्मा छलफल भएर निर्णय हुन्छ

  • मिडिया डबली
  • बुधवार, मंसिर २१ २०७९

  • 3.2K
    SHARES

  • सरकारका प्रवक्ता भन्छन्– चोलेन्द्रविरुद्धको महाभियोगबारे नयाँ संसद्मा छलफल भएर निर्णय हुन्छ

    काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा फर्कने तयारी गरिरहँदा सरकारका प्रवक्ता एवं संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनीविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेको दाबी गरेका छन् ।

    संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले प्राकृतिक न्यायको सिद्धान्तअनुसार जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको दाबीसहित पत्र पठाएलगत्तै एकाएक तरंगित भएको नेपाली राजनीतिलाई मत्थर पार्दै मन्त्री कार्कीले महाभियोग प्रस्तावमा आगामी प्रतिनिधि सभामा छलफल हुने बताएका हुन् ।

    उनले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएको दाबीसमेत गरेका छन् । तर महासचिव गौतमले कार्य सम्पादन गर्न नपाउने भन्ने गत फागुन १ गतेको व्यहोराको पत्रसमेत निष्प्रभावी भएको व्यहोरा जबरालाई पठाएपछि जबरा सर्वोच्चमा फर्कने तयारीमा लागेका छन् ।

    उनी सर्वोच्च आउने भनेसँगै उनको निवास अगाडि रहेका सुरक्षाकर्मीसमेत हटेका छन् । तर सर्वोच्चमा भने नेपाल बार एसोसिएसनका अधिवक्ताहरुले धर्नालाई कायम राखेका छन् । महासचिव गोतमले गैरजिम्मेवारीपूर्ण कदम चालेको बारको ठहर छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ १३ २०७८०३:१३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend