काठमाडौं - गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलजस्ता तेस्रो पुस्ताका नेताहरूको आन्तरिक संघर्ष र चुनौतीले नेपाली कांग्रेसमा परिवर्तन सम्भव रहेको दह्रो सन्देश दिइरहेका छन् । यसले कांग्रेसमा एउटा छुट्टै उत्साहको सिर्जना गरिरहेको छ ।
यदि नेतृत्व बुद्धि र विवेकमा चल्यो भने तेस्रो पुस्ताले अहिले नै देश हाँक्ने अवसर पाउँदैछन् । यसकारण पनि अहिले देशको ठूलो तह र तप्का कांग्रेसमा गगन–विश्व र प्रदीप अगाडि आउन् भन्ने चाहिरहेको छ । गगन–विश्व र प्रदीप अगाडि आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उचित ठानिरहेका छन् ।
किनभने उनी पनि शक्तिशाली गिरिजाप्रसाद कोइरालासँग जुधेरै नेतृत्वमा आउन सफल भएका हुन् । त्यसैले देउवामा गगन र विश्वप्रकाशप्रति धेरै विश्वास र भरोसा देखिएको छ।
देउवालाई संघर्ष गर्ने युवा नेता नै मन पर्छ । त्यही भएर अहिलेसम्म उनले गगन–विश्व र प्रदीपको संसदीय दलमा युवा पुस्ता आउनुपर्छ भन्ने भनाइबारे केही बोलेका छैनन् । कांग्रेस नेताहरूका अनुसार देउवालाई खारिएको युवा नेता पन पर्छ । उनले गगन र विश्वप्रकाशलाई कांग्रेसको भावी नेतृत्व देखिसकेका छन् ।
तर, एमाले र माओवादीमा भने युवा नेतालाई अगाडि नै बढ्नबाट रोक लगाइएको छ । एमाले र माओवादीको दोस्रो पुस्तामा भने पुरानाको शेखपछि ‘अपुताली’ खान मात्र आतुर नालायकहरूको जत्था मात्र छ। एमाले अध्यक्ष केपी ओलीले त युवा आउलान् कि भनेर चुनावअघि नै आफू नै भावी प्रधानमन्त्री भनेर घोषणा नै गरिसकेका छन् ।
उनी प्रधानमन्त्रीमा युवा पुगोस् भन्ने नै चाहँदैनन् । अहिले नै युवाले प्रधानमन्त्री चलाउन सक्दैन भन्ने उनको दाबी छ । एमालेमा प्रधानमन्त्री चलाउन सक्ने युवा शंकर पोखरेल थिए । तर उनी दाङ २ मा पराजित भए ।
अब योगेश भट्टराई एकजना छन् । तिनलाई ओलीले अगाडि नै आओस् भन्न चाहँदैनन् । अहिले पनि उनी एमालेमा आफ्नै मात्र ब्रान्ड स्थापित होस् भन्ने चाहन्छन् ।
माओवादीमा दोस्रो पुस्ता भनेको जनार्दन शर्मा र वर्षमान पुन मात्र नेतृत्व लिन सक्ने हैसियत राख्छन् । तर, अहिले नै तिनलाई प्रचण्ड अगाडि बढून् भन्न चाहँदैनन् । त्यही भएर जनार्दन शर्माले रुकुमबाट फर्केपछि उनले माओवादी पुनर्गठन गर्ने बेला भइसकेको बताएका छन् । जसले प्रचण्ड तनावमा परेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।