images

शनिवार, माघ २१ २०७९Feb 04 2023

Logo
images
images
राजनीतिक बिशेष

ओलीका विश्वास पात्र हार्ने भएपछि दोलखा, बाजुरा र स्याङ्जा २ मा निकालियो बखेडा

ओलीका विश्वास पात्र हार्ने भएपछि दोलखा, बाजुरा र स्याङ्जा २ मा निकालियो बखेडा

  • मिडिया डबली
  • बुधवार, मंसिर १४ २०७९


  • ओलीका विश्वास पात्र हार्ने भएपछि दोलखा, बाजुरा र स्याङ्जा २ मा निकालियो बखेडा

    काठमाडौं - सरकार कांग्रेसको नेतृत्वमा भए पनि निर्वाचन आयोगमा एमालेकै दबदबा छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाकै कारण कांग्रेसले जित्ने ठाउँमा उसका उम्मेदवारलाई हराएर एमालेलाई जिताइएको छ । कति ठाउँमा मतगणना नै रोकिएको छ ।

    सुनसरी ४ र उदयपुर १ मा यस्तै बखेडा निकालिएको थियो । थपलियाकै कारण कांग्रेसले जितेको सिट पनि गुमाइरहेको छ । निर्वाचनमा सेटिङ मिलाउनकै लागि भनेर एमाले अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्ति दिएका थिए ।

    images
    images

    अहिले ओली जे जे भन्छन्, थपलियाले त्यही त्यही मान्दै आएका छन् । कांग्रेसले धाँधली भयो भनेका ठाउँमा थपलियाले बेवास्ता गर्दै मतगणना गरेर एमाले उम्मेदवारले जितेको घोषणा गरेका छन् । इलाम २ मा मतगणना बाँकी नै रहेको अवस्थामा रातारात आयोगले एमालेका सुवासचन्द्र नेम्वाङलाई विजयी भएको घोषणा गरेको छ ।

    आयोगको सो निर्णयविरुद्ध कांग्रेस उम्मेदवार डम्बर खड्काले सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् । दोलखा, बाजुरा, स्याङ्जा २ मा मतगणना रोकिनुमा थपलियाकै प्रमुख हात रहेको बताइन्छ । किनकि यी ठाउँमा एमाले अध्यक्ष ओलीका विश्वासपात्र उठेका छन् ।

    दोलखामा ओलीका भान्जा बालकृष्ण शिवाकोटी, स्याङ्जा २ मा पद्मा अर्याल र बाजुरामा कर्ण थापा उठेका छन् । यी तीनैजना चुनाव हार्ने स्थितिमा छन् । त्यही भएर यी ठाउँमा एमालेले जानीबुझीकन बखेडा निकालेको छ ।

    एमालेको बखेडालाई प्रमुख निर्वाचन आयोगले पनि मलजल गरिरहेका छन् । जसकारण निर्वाचन भएको १० दिन बितिसक्दा पनि त्यहाँ मतगणना भएको छ । कतिसम्म भने दोलखाका १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान हुँदैछ । ती मतदान केन्द्रमा विगतमा एमालेले बुथ कब्जा गर्दै आएको थियो ।

    तर यसपटक कांग्रेस र माओवादीले बुथ कब्जा हुन दिएनन् । त्यही भएर एमालेले धाँधली भयो भनेको हो । पहिले पहिले एमालेका पार्वत गुरुङले सात आठ ठाउँमा बुथ कब्जा गरेर जित्ने गरेको कांग्रेस कार्यकर्ता बताउँछन् ।

    उता बाजुरामा ओलीका दाहिने हात मानिने कर्ण थापाको चुरिफुरी यसपटक कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले समाप्त पार्दैछन् । त्यही भएर बाजुरामा मतगणना गर्नै दिइएको छैन ।

    पुनः मतदान हुँदा पनि ओलीकै निर्देशनमा प्रमुख निर्वाचन आयुक्त मतगणना गर्न मानिरहेका छैनन् । स्याङ्जा २ मा यसपटक एमाले सचिव अर्याललाई कांग्रेसका उपसभापति धनराज गुरुङले कडा चुनौती दिएका छन् ।

    अर्याल विगतमा पनि सुरुमा धाँधली भयो भन्दै सेटिङ गरेर चुनाव जित्थिन् । अहिले पनि त्यही नाटक मञ्चन गरिरहेकी छन् । जसलाई निर्वाचन आयोगले सघाइरहेको छ ।

    स्वयं निर्वाचन आयुक्त ईश्वरी पौड्यालले फरक मत राखेर कुनै धाँधली नभएको सार्वजनिक नै गरिसकेका छन् । तर, पनि प्रमुख आयुक्त थपलिया एमालेको निर्देशनविना टसमस हुन मानेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend