काठमाडौं- केपी ओलीका विश्वास पात्र र एमालेको आगामी अध्यक्ष मानिएका महासचिव शंकर पोखरेल पराजित भएका छन् । उनलाई दाङ २ बाट माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् ।
एमाले जस्तो बलियो पार्टीका महासचिव पोखरेललाई पराजित गरेसँगै रेखाको चर्चा एकाएक चुलिएको छ । माओवादीले सो क्षेत्रबाट कृष्णबहादुर महराको टिकट रेखालाई दिएको थियो । महरा उठेको भए शंकरले आरामले जित्थे । तर रेखा शर्माले ओलीको विश्वासपात्रलाई नै हराएर इतिहास राखेकी छन् ।
दाङ २ मा सत्तागठबन्धनका सबै उम्मेदवार विजयी हुने भएका छन् । दाङ १ बाट मेटमणि चौधरी र २ बाट रेखा शर्मा विजयी भइसकेका छन् । ३ बाट कांग्रेसका दीपक गिरी धेरै मतले अघि छन् । उनले एमालेकी कोमल वलीलाई पछाडि पारेका हुन् । ओलीका विश्वासपात्र महेश बस्नेत, अग्नि खरेल, राजन भट्टराई र ईश्वर पोखरेल पराजित भइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।