सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
आजको विशेष

एमालेमा ओलीबाहेक ठूला हस्ती सबै पराजित हुने संकेत

एमालेमा ओलीबाहेक ठूला हस्ती सबै पराजित हुने संकेत

  • मिडिया डबली
  • मंगलवार, मंसिर ६ २०७९

  • 9.0K
    SHARES

  • एमालेमा ओलीबाहेक ठूला हस्ती सबै पराजित हुने संकेत

    काठमाडौं - प्रतिनिधिसभा निर्वाचनमा यसपटक एमालेका सबै हस्ती नेताहरू संसद् प्रवेश गर्नबाट वञ्चित हुने देखिएको छ ।

    अध्यक्ष केपी ओली र सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई र छविलाल विश्वकर्माबाहेक कोही पदाधिकारी सुरक्षित छैनन् । एमाले उपाध्यक्ष ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे अहिलेसम्म प्रतिस्पर्धी उम्मेदवारभन्दा पछि नै छन् । एकपटक पनि अगाडि लाग्नसकेका छैनन् ।

    महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी रेखा शर्माभन्दा हजार मतले पछि परेका छन् । यही रेसियोमा मत आएमा पोखरेल पराजित हुने निश्चित छ । सबैभन्दा रोचक त एमाले अध्यक्ष ओलीका दाहिने हात मानिने गोकुल बासकोटा र महेश बस्नेत नै हार्ने लाइनमा छन् ।

    बस्नेत कांग्रेसका उम्मेदवार दुर्लभ थापाभन्दा नौ सय मतले पछाडि छन् । बासकोटालाई पनि कांग्रेसका उम्मेदवार शिव हुमागाईले निकै मतले पछाडि पारेका छन् । स्याङजा २ बाट उठेकी सचिव पद्मा अर्याल पनि जित्ने सूचीमा नरहेको बुझिएको छ ।

    त्यहाँ कांग्रेस उम्मेदवार धनराज गुरुङ बलिया छन् । सोही कारण अर्यालले धाँधली भएको भन्दै पुनः निर्वाचनको माग गरेकी छन् । माओवादीबाट आएका टोपबहादुर रायमाझी र लेखराज भट्ट भने अहिले कांग्रेस उम्मेदवारभन्दा झिनो मतले अगाडि छन् ।

    दुवैले जित्ने नजित्ने अहिले नै भन्न अप्ठेरो छ । बुधबारसम्म मतगणना भएपछि प्रस्ट थाहा हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend