मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था

यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था

  • मिडिया डबली
  • शनिवार, मंसिर ३ २०७९

  • 2.5K
    SHARES

  • यी हुन् निर्वाचनमा मतपत्र बदर हुन सक्ने सात अवस्था

    काठमाडौं– आइतबार बिहान ७ बजे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयनका लागि मतदान सुरु हुँदैछ। साँझ ५ बजे मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी गणना सुरु हुनेछ।  

    मतगणना गर्दा ७ किसिमको अवस्थामा मतपत्र भेटिए त्यसलाई बदर गरिने निर्वाचन आयोगले जानकारी दिएको छ। तसर्थ बदर नहुने गरी मतदान गर्न आयोगले मतदातामा आग्रह गरेको छ। 

    यसपालिको चुनावमा करिब १ करोड ८० लाख मतदाता छन्।

    मतपत्र बदर हुन सक्ने सात अवस्था

    १.  दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बिचमा पर्ने गरी मत संकेत गरेमा मतपत्र बदर हुन सक्दछ । 

    २. एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा 

    ३.  स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा 

    ४.  मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा 

    ५. कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा

    ६. मतपत्र च्यातिएमा

    ७.  मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २६ २०७९१०:३७:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend