बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

अमेरिकामा बिर्तामोडका सिटौला घाइते, यस्तो छ कारण 

अमेरिकामा बिर्तामोडका सिटौला घाइते, यस्तो छ कारण 

  • मिडिया डबली
  • शनिवार, मंसिर ३ २०७९

  • 4.9K
    SHARES

  • अमेरिकामा बिर्तामोडका सिटौला घाइते, यस्तो छ कारण 

    काठमाडौं– अमेरिकाको क्यालिफोर्नियामा बस्दैआएका बिर्तामोड नगरपालिका वडा नम्बर १ का अनिल सिटौला  दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । 

    नेपालबाट अमेरिका घुम्न गएका काठमाडौको हरीसिद्धि नमुना टोल बस्ने माधव दुलालले चलाएको गाडीले ठक्कर दिँदा सिटौला घाइते भएका हुन् । अमेरिकाको डोराडो डिष्टिकको पाइलट इलमा खाना  बनाइरहेको अवस्थामा गाडीले ठक्कर दिएको थियो। 

    २१ अक्टोबर देखि सिटौला स्थानीय सेन्ट लेन्डरो हस्पिटलमा उपचाररत रहेका छन् । सिटौला कि श्रीमती पिंकी जोशीका अनुसार छाति र खुट्टामा गम्भीर चोट लागेको छ।  घाइते सिटौलाको आइसियुमा राखेर उपचार भइरहेको छ। 

    ठक्कर दिने चालक दुलाल भने अमेरिकाबाटै फरार भएका छन्। उनी भागेर नेपाल आएको हुन सक्ने घाइतेका दाजु मधुर सिटौलाले बताएका छन्। फरार चालकलाई अमेरिकामा रहेका उनका आफन्तले भगाएको हुन सक्ने घाइतेका आफन्तले बताएका छन्।

     घाइतेका आफन्तले नेपाल प्रहरी समक्ष निवेदन समेत दिएका छन्। उनीहरुले घाइतेको उपचार हुनुपर्ने र कमाई गर्ने एक मात्र सिटौला घाइते भएपछि उनको तीन जनाको परिवार अमेरिकामा बिचल्लीमा परेको बताएका छन्। 

    अमेरिकामा समेत उनीहरुले उजुरी गर्ने तयारी गरिरहेको बुझिएको छ। अमेरिकामा कडा कारबाहीमा पर्ने थाहा पाएपछि दुलाल भागेको हुन सक्ने अनुमान गरिएको छ । घाइते सिटौलाका परिवारले उनलाई पक्राउ गरी कडा कारवाही गरी उपचार र क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर ३ २०७९०७:३०:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend