काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापा स्पष्ट वक्ता हुन् । तर पदविना एक मिनेट पनि उनी बस्न सक्दैनन् ।
राप्रपाको अध्यक्षमा पराजित भएलगत्तै उनले पार्टी छाडे । अनेक तिकडम गरेर राप्रपा नेपाल कब्जा गरे । तर, चुनावका बेला त्यही पार्टी पनि एमालेको टाङमुनि छिराए ।
एउटा पार्टीको अध्यक्ष भएर पनि उनी एमालेको सूर्य चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् । जबकि उनले आफ्नै पार्टीका अरु उम्मेदवारलाई पार्टीकै चुनाव चिन्हमा लड्न पठाएका छन् ।
एमाले अध्यक्ष केपी ओलीको निगाहमा कतै सांसद जितिहालिन्छ कि भन्ने उनमा भम थियो । किनकि अघिल्लो निर्वाचनमा हृदयेश त्रिपाठी, बृजेशकुमार गुप्ता एमालेको चुनाव चिन्ह सूर्य लिएर उठेका थिए । चुनाव जिते पनि । त्यही भएर थापा मकवानपुर १ मा एमालेको समर्थनमा उम्मेदवार बनेका हुन् ।
तर, जुन दिनदेखि उनले उम्मेदवारी मनोनयन दर्ता गरे, त्यस दिनदेखि उनको चर्चा मकवानपुरमा हुन छाडेको छ । आफ्नो गृहजिल्लामै थापाको अवस्था निकै दयनीय छ ।
बरु उनीभन्दा राप्रपाका उम्मेदवार दीपक सिंहकै चर्चा बढी छ । एमालेको बलियो संगठन लोभिएर सूर्य लिएर उठेका थापाभन्दा एमालेका मतदाताले बरु दीपक सिंहलाई भोट हाल्ने भएका छन् । किनभने राप्रपा र एमालेबीच केही सिटमा तालमेल भएको छ ।
कमल थापा निर्धक्क भएर चुनाव प्रचारसमेत गर्न सकिरहेका छैनन् । आफ्नै पार्टीका कार्यकर्तासमेत उनीसँग रुष्ट भएका छन् । आफू पार्टी अध्यक्षमा निर्वाचित भएलगत्त कमल थापाले राप्रपा त्यागेपछि त्यसको बदला लिन राजेन्द्र लिङ्देनले हेटौंडालाई मुकाम नै बनाएका छन् ।
उनी एक सातामै दुईपटक हेटौडा पुगेर कमल थापालाई हराउन भन्दै दीपक सिंहलाई मत मागिरहेका छन् । मकवानपुर १ नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना गठबन्धनबाट उम्मेदवार बनेकी छन् । गठबन्धनको मत एक ठाउँमै खसेमा डिनाको जित सुनिश्चित देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।