आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दाङ- ३ मा कोमल वलीलाई हराउन एमाले नै सक्रिय, केपी ओलीले अनावश्यक स्पेस दिएको आरोप

दाङ- ३ मा कोमल वलीलाई हराउन एमाले नै सक्रिय, केपी ओलीले अनावश्यक स्पेस दिएको आरोप

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २२ २०७९

  • 4.4K
    SHARES

  • दाङ- ३ मा कोमल वलीलाई हराउन एमाले नै सक्रिय, केपी ओलीले अनावश्यक स्पेस दिएको आरोप

    काठमाडौं- नेकपा एमाले केपी शर्मा ओलीको प्राथमिकताको सूचीमा पर्ने एक नाम हो, कोमल वली। सञ्‍चारकर्मीको रुपमा रहेकी कोमलले राजीनामा दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक यात्रा सुरु गरिन्। राप्रपाको केही समयको राजनीतिबाट लाभ नहुने देखेपछि एमाले प्रवेश गरिन्।

    एमालेले उनलाई ०७४ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भन्दै पार्टी प्रवेश गराए पनि उनलाई टिकट दिएन। एमालेले टिकट नदिएपछि उनले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराइन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा ल्याउने वचनबद्धता गरेपछि उनले उम्मेदवारी फिर्ता गरिन्। 

    अध्यक्ष ओलीले आफ्नो वाचा पूरा गर्दै कोमललाई राष्ट्रिय सभा सदस्य बनाए। भर्खर राजनीति सुरु गरेकी र राप्रपाबाट एमाले प्रवेश गरेकी कोमललाई अध्यक्ष ओलीले बढी नै स्पेस दिएको भन्दै पार्टीभित्रको असन्तुष्टि बढ्दै गयो। यही समयमा उनलाई पार्टी अध्यक्ष ओलीले दाङ-३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाए। 

    उनले टिकट पाएपछि दाङ-३ मा नेकपा एमालेले चर्को विरोध गर्‍यो। तर, महासचिव शंकर पोखरेलले त्यहाँको विरोधलाई दबाउने प्रयास गरे। दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, तुलसीपुरका पूर्वमेयर घनश्याम पाण्डे र कोमल वलीको नाम सिफारिस भएको थियो। तर, ओलीले तेस्रो नम्बरमा सिफारिस भएकी कोमललाई टिकट दिए। 

    अध्यक्ष ओलीले टिकट वितरणमा मनोमानी गरेको भन्दै देशभरबाट विरोध भइरहेको समयमा दाङ-३ मा चरम असन्तुष्टि रहेको छ। जसको प्रत्यक्ष असर कोमल वलीलाई पर्ने देखिन्छ। कोमललाई टिकट दिएको भन्दे असन्तुष्ट रहेको पक्ष नै उनलाई हराउन सक्रिय भएको छ। 

    एमालेको असन्तुष्ट पक्ष कोमलको चुनावी प्रचारमा सहभागी भएको छैन। उनीहरुले वलीको विपक्षमा माहोल तयार पारिरहेका छन्। जसका कारण वलीको जित निकै कठिन र चुनौतीपूर्ण बन्दै गएको छ। 

    दाङ निर्वाचन क्षेत्र नम्बर–३ मा ४ वटा स्थानीय तह छन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेले तुलसीपुर उपमहानगरपालिकामा र अरु तीन पालिका (बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका) मा कांग्रेसले एकल जित निकालेको थियो ।

    कांग्रेसको मत ३० हजार ९८९ मत छ । १२ हजार ८८० मत माओवादी केन्द्रको छ। यो तथ्यांक हेर्दा सत्ता गठबन्धनभन्दा एमाले पछि देखिन्छ। स्थानीय तह निर्वाचनको मत जोगाउन सकेमा कांग्रेसका दीपक गिरीसहित सत्ता गठबन्धनका उम्मेदवारहरु सुरक्षित देखिन्छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २२ २०७८११:५५:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend