काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद कोमल वलीलाई अमेरिकी संसदमा बुधबार भएको हिंसात्मक झडपले टेन्सन भएको छ ।
बिहीबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै वलीले हिंसात्मक घटनाले लोकतन्त्रमा विश्वास गर्ने देशलाई चिन्ता र चुनौती थपेको बताएकी छन् ।
‘अमेरिकी संसदमा जुन हिंसात्मक गतिविधि भयो, यसले लोकतान्त्रिक मूल्य मान्यता भएका सबै देशलाई चिन्ता र चुनौती थपेको छ । सत्ताको शान्तिपूर्ण हस्तान्तरणमा भएको यसखाले घटनाको विरोध गर्दछु,’ वलीले भनिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।