काठमाडौं- कञ्चनपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीविरुद्ध नेकपा एमालेकै नेता-कार्यकर्ताहरु उत्रिएका छन्।
उनले पाँच वर्षअघि जनताले जिताए पनि नरबहादुर धामीले कार्यकर्ताको पक्षमा कुनै काम गर्न नसकेको भन्दै पाँच वर्षमा गरेका कामको हिसाब-किताब माग गर्दै चुनावी कार्यक्रम नै बिथोलेका छन्।
नेकपा एमालेका उम्मेदवार धामीले विगतमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि यस क्षेत्रका जनताका लागि केही पनि गर्न नसकेको भन्दै आक्रोशित युवाहरुले धामीको विरोध गरेका हुन्।
पार्टी जिताउनका लागि २०७४ मा खटिएको युवाहरुलाई नै अपमान गरेको पनि उनीहरुको आरोप छ। केही स्थानीय नेताहरुले उनीहरुलाई सम्झाउने प्रयास गरे पनि उनीहरुले निरन्तर विरोध गरेका हुन्।
उनीहरुले भनेका छन्, 'नरबहादुर धामीले यति ठूलो तटबन्धको भ्रष्टाचारको काण्ड अख्तियारमा पुग्दा बेइजत नहुने अनि पाँच वर्षमा धामीले के-के गरे भनेर जवाफ माग गर्दा बेइजत हुन्छ? हामीलाई जवाफ चाहिएको छ।'
उनले विगत केपी शर्मा ओलीले गरेका गैरकूटनीतिक क्रियाकलापको पनि विरोध गर्दै नेकपा एमालेले विधि र पद्धतीको धज्जी उडाएको बताएका छन्।
पार्टीका नेताहरुले सिस्टममा हुन्छ भनेपछि थप आक्रोशित भएका ती युवाले भने, 'राति १२ बजे परराष्ट्र मन्त्रालयको जानकारी बिना रअको प्रमुख आउँदा यो देशमा सिस्टम छैन, निर्मला पन्तको बलात्कार हुँदा कसको सरकार थियो? लिम्पियाधुरा कराएर आउँछ फिर्ता?' उनले विगतमा व्यक्तिगत स्वार्थका लागि पद नपाएर पार्टी फेर्दै हिँड्नेहरुले आफूलाई नसम्झाउनसमेत उनले आग्रह गरेका छन्।
उनीहरुले युवाहरुलाई रोजगारी दिन्छु भन्दै प्रलोभनमा पारेको तर कसैलाई रोजगारी नदिएको भन्दै युवाहरु आक्रोशित भएका हुन्। ती युवाहरुले एमालेले विगत पाँच वर्षमा गरेको कामको हिसाब-किताब दिनुको साटो उल्टो भ्रम फैलाउने काम गरिरहेको आरोप पनि लगाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।