सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
निर्वाचन बिशेष

प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका पाँचजना ‘ग्रिन जोन’ मा, को को हुन् ?

प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका पाँचजना ‘ग्रिन जोन’ मा, को को हुन् ?

  • मिडिया डबली
  • सोमवार, कार्तिक २१ २०७९

  • 11.8K
    SHARES

  • प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका पाँचजना ‘ग्रिन जोन’ मा, को को हुन् ?

    काठमाडौं - आगामी मंसिर ४ गते देशका एक सय ६५ निर्वाचन क्षेत्रबाट सांसद चुनिँदैछन् । अब मतदानको दिन आउन १४ दिन मात्र बाँकी छ ।

    अबको १० दिनपछि कसको पक्षमा माहोल बन्छ भन्ने स्पष्ट देखिन्छ । भर्खर प्रमुख दलका नेताहरू चुनावी प्रचार अभियानमा लागेका छन् । तर, एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ६ निर्वाचन क्षेत्रमा यसपटक स्वतन्त्र उम्मेदवार निर्वाचित हुने सम्भावना बलियो बन्दै गएको छ ।

    ती स्वतन्त्र उम्मेदवार नयाँ भने होइनन् । दलहरूबाटै बागी बनेका, दल छाडेर स्वतन्त्र उम्मेदवारी दिएकाकै बलियो सम्भावना देखिएको छ ।

    मिडियाडबलीले ती निर्वाचन क्षेत्रमा गरेको मतदातासँगको कुराकानीका आधारमा महोत्तरी १, सर्लाही १, रौतहट ३, पर्सा १ र रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार दलका उम्मेदवारभन्दा बलिया देखिएका छन् ।

    महोत्तरी १ मा गठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेलभन्दा स्वतन्त्र उम्मेदवार पोषण थापा बलिया देखिएका छन् । गत स्थानीय तहको निर्वाचनमा बर्दिवास नगरपालिकामा अधिकांश सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । त्यसको प्रभाव संसदीय निर्वाचनमा परेको हो ।

    सर्लाही १ मा जसपा उम्मेदवार प्रमोद साह, लोसपा रामप्रकाश चौधरीभन्दा सवतन्त्र उम्मेदवार मानबहादुर खड्का बलिया देखिएका छन् । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, एमाले र माओवादीका उम्मेदवार छैनन् ।

    खड्का लालबन्दी नगरपालिकाका पूर्वमेयर हुन् । एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । खड्कालाई कांग्रेस र माओवादीको पनि बलियो समर्थन रहेको मानिन्छ ।

    माओवादी हुँदै एमाले र पछि एमालेको टिकट त्यागेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएकाले रौतहट ३ सर्वाधिक चर्चामा छ । यो निर्वाचन क्षेत्रमा पनि कांग्रेस, एमाले र माओवादीका उम्मेवार छैनन् । माओवादीका धिरज पटेल भए पनि उनलाई निष्क्रिय बस्न भनिएको छ ।

    यो निर्वाचन क्षेत्रमा कांग्रेसले टिकट नदिएपछि ओमप्रकाश जयसवाल स्वतन्त्र उम्मेदवार बनेका छन् । अहिले त्यहाँको माहोल साह र जयसवालकै देखिएको छ । त्यसैले जयसवाल र साहमध्ये एक निर्वाचित हुने निश्चित छ ।

    पर्सा १ मा भने कांग्रेसका बागी अजय द्विवेदीको माहोल एकाएक राम्रो बन्दै गएको छ । पर्सा १ मा जसपाका प्रदीप यादव र लोसपाका लक्ष्मणलाल कर्ण उम्मेदवार छन् । कांग्रेस, एमाले र माओवादीका उम्मेदवार छैनन् ।

    त्यसैले तीनवटै दलको मत द्विवेदीको पक्षमा जाने देखिएको छ । रुपन्देही १ मा भने स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्माभन्दा बलिया देखिएका छन् ।

    स्थानीय र ०७४ को निर्वाचनका आधारमा सो निर्वाचन क्षेत्रमा एमालेको मत धेरै देखिन्छ । तर कांग्रेस, माओवादीले आफ्ना उम्मेदवार उठाएका छैनन् । दुवैले भुसाललाई समर्थन गर्ने निर्णय गरेकाले पनि उनको सम्भावना धेरै देखिएको हो ।

    यो निर्वाचन क्षेत्रमा भुसालको व्यक्तिगत मत, एमाले विभाजनले गर्दा विश्वकर्माको मत घट्ने निश्चित छ । यसबाहेक सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह, काठमाडौं ७ मा स्वतन्त्र उम्मेदवार रामवीर मानन्धर पनि बलिया देखिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ १३ २०७९११:३५:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend