सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
स्थानीय तह निर्वाचन

देशका ठूला सहरमा ठूला दलमाथि स्वतन्त्र उम्मेदवारको धावा, १३ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी

देशका ठूला सहरमा ठूला दलमाथि स्वतन्त्र उम्मेदवारको धावा, १३ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी

  • मिडिया डबली
  • शुक्रवार, जेठ १३ २०७९

  • 7.1K
    SHARES

  • देशका ठूला सहरमा ठूला दलमाथि स्वतन्त्र उम्मेदवारको धावा, १३ स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी

    काठमाडौं - यसपटकको स्थानीय निर्वाचनमा प्रमुख दल नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायतका दलमाथि स्वतन्त्र उम्मेदवार हाबी भएका छन् ।

    अघिल्लो स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार नगन्य देखिएका थिए । तर, यसपटक देशका ठूला सहर नै स्वतन्त्र उम्मेदवारहरूले कब्जा गरेका छन् ।

    स्थानीय निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर) को प्रमुखमा विजयी भएका छन् ।

    यसबाहेक स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, महोत्तरी), राजुसिंह कठायत (चन्दननाथ नगरपालिका जुम्ला) र कमलबहादुर शाही (खाँडाचक्र नगरपालिका, कालिकोट) को प्रमुखमा विजयी भएका छन् ।

    स्वतन्त्रतर्फबाटै दौलथकुमार कुलुङ राई (साल्पासिलिछो गाउँपालिका, भोजपुर), ज्ञानेन्द्र रुम्दाली (मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा), कार्मा छोइवेल गुरुङ (डोल्पोबुद्ध गाउँपालिका, डोल्पा), मोहनबहादुर केसी (सान्नी–त्रिवेणी गाउँपालिका, कालिकोट), प्यारीलाल शाही (चंखेली गाउँपालिका, हुम्ला) र सन्तोषप्रकाश जोशी (डिलासैनी गाउँपालिका, बैतडी) को अध्यक्षमा निर्वाचित भएका छन् ।

    स्वतन्त्र उम्मेदवार धेरै स्थानीय तह त्यसमा पनि ठूला सहरमा विजयी हुनुले प्रमुख दलका लागि टाउको दुखाईको विषय बनेको छ ।

    किनभने भने अबको ६ महिनापछि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । त्यसबेला ठूला दलले युवालाई मौका नदिए अहिलेकै जस्तो स्वतन्त्र उम्मेदवारको बाढी आउने निश्चित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक २१ २०७९११:०२:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend