सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

ओली एक्लै हेलिकोप्टर लिएर हिँडेपछि एमालेमा छटपटी, साइज डाउन हुने चिन्ता

ओली एक्लै हेलिकोप्टर लिएर हिँडेपछि एमालेमा छटपटी, साइज डाउन हुने चिन्ता

  • मिडिया डबली
  • आइतवार, कार्तिक २० २०७९

  • 8.1K
    SHARES

  • ओली एक्लै हेलिकोप्टर लिएर हिँडेपछि एमालेमा छटपटी, साइज डाउन हुने चिन्ता

    काठमाडौं - कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरामा प्रचार प्रसारमा व्यस्त छन् । एमाले अध्यक्ष केपी ओलीले दार्चुलाबाट चुनावी अभियान सुरु गरेका छन् ।

    उनले एकैदिन तीन जिल्लामा पुगेर भाषण गरिरहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट छाडेका छैनन् ।

    मधेस केन्द्रित दलका शीर्ष नेताहरू पनि जिल्ला जिल्लामै छन् । पछिल्लो चुनावी सभा हेर्दा सबैभन्दा बढी तामझाम एमालेको देखिएको छ । एमालेले चुनावी कमान्डर अध्यक्ष ओलीलाई नै बनाएको छ ।

    त्यही भएर ओली हेलिकोप्टर लिएर जिल्ला जिल्ला पुगेका छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि ओली चुनावी कमान्डर बनेर खटिएका थिए । तर उनले जहाँ जहाँ पुगेर भाषण गरेका थिए, ती सबै सहरमा एमाले पराजित भएको थियो । अहिले पनि ओली एक्लै दौडिएका छन् ।

    उनले आफूबाहेक अरुलाई प्रचारक बनाएका छैनन् । स्थानीय तहको निर्वाचनका बेला पनि एक्लै हिँडेकाले पार्टीभित्रै उनको आलोचना भएको थियो ।

    अहिले पनि उनी एक्लै हेलिकोप्टर लिएर हिँडेका छन् । ओलीले जहाँ जहाँ भाषण गर्दै आएका छन्, ती सबैमा एउटै सुगा रटाई छ । एमालेको साढे तीन वर्षे सरकारका पालामा उल्लेखख्य विकास भएको, आफ्नो सरकारलाई ढालेको, त्यसैले फेरि बहुमत चाहियो भन्दै ओली हिँडेका छन् ।

    तर, पाँच वर्षअघिको जस्तो ओली क्रेज अहिले छैन । त्यतिबेला पार्टीइतरका मतदाता र शुभेच्छुक पनि ओलीको प्रशंसा गर्थे । तर अहिले उनको क्रेज पार्टीका क्याडरमा मात्र सीमित भएको छ ।

    वाकपटुताका कारण केहीले उनको तारिफ गर्ने गरे पनि संविधान नै च्यातचुत पारेर जंगे शैलीमा सरकार चलाउने गरेको तथा दुई दुईपटक संसद् विघटन गरेकाले ओलीको साख घटेको हो ।

    तर पनि ओली एमालेले बहुमत ल्याउँछ भन्न छाड्दैनन् । ०७४ को निर्वाचनमा वाम तालमेलले एउटा जबर्जस्त मनोविज्ञान खडा गरेको थियो र एमालेले राम्रै मत पाएको थियो ।

    त्यसमा पनि एमाले र माओवादीबीच एकता हुन्छ भनेर धेरैले दुवै दललाई मत दिएका थिए । तर, अहिले त्यस्तो छैन । एमाले र माओवादीबीच पानी बाराबार मात्र होइन, एमाले आफैं विभाजित भएको छ ।

    एकीकृत समाजवादीले पनि एमालेको राम्रै मत काट्ने देखिएको छ । पार्टीमै ओलीले एकलौटी ढंगले टिकट बाँडेपछि असन्तुष्टि बढेको छ । बागी उम्मेदवारले ओली नै हायलकायल भएका छन् ।

    स्वतन्त्र उम्मेदवारहरूको देशभर बाढी नै उर्लेको छ । यस्तो अवस्थामा कांग्रेस माओवादीको मात्रै भोट बाँडिन्छ कि एमालेको पनि घट्छ भन्ने चासो सबैतिर देखिएको छ । एमाले आफैंले पनि ४० सिटभन्दा बढी नजितिने आकलन गरेको छ ।

    यदि सत्तागठबन्धन एकढिक्का भएर गयो र कांग्रेसमा अन्तर्घात नभएमा एमाले ३० भन्दा कम सिटमै सीमित हुने निश्चित छ । एमालेको साइज कांग्रेस मतदातामा निर्भर रहेको छ । त्यही भएर ओलीले जिल्ला जिल्लामा कांग्रेसका असन्तुष्टलाई फकाउन खोजिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend