सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

गगन थापाको चुनावी गीत 'हाइ हाइ गगन दाइ' सार्वजनिक

गगन थापाको चुनावी गीत 'हाइ हाइ गगन दाइ' सार्वजनिक

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १७ २०७९


  • गगन थापाको चुनावी गीत 'हाइ हाइ गगन दाइ' सार्वजनिक

    काठमाडौँ- आसन्न मंसिर ४ को चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ ।

    बुधाबार 'हाइहाइ गगन दाइ' बोलको गीत सार्वजनिक भएको हो । उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएकोछ ।

    images
    images

    गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका संघर्षको चर्चा गरिएको छ । त्यसैगरी पहिलो अन्तरामा गगनले अहिलेसम्म गरेका महत्त्वपूर्ण कामहरू बाथरोग, मुटुरोग, मिर्गौला, कलेजोलगायतका रोगका लागिगरेका काम, स्वास्थ्य बीमाको बारेमा चर्चा गरिएको छ भने दोस्रो अन्तरामा उनको नेतृत्वमा प्रजातन्त्र राष्ट्रियता समाजवादको नारा रसमुन्नत नेपालको सपना पूरा हुने भन्दै उनको 'प्रोजेक्ट गभर्मेन्टको यात्रामा सँगै हिँड्न आग्रह गरिएको छ ।

    त्यसैगरी गीतमा देशलाई नयाँ जीवन दिनसक्ने पात्रको रूपमा चित्रण गर्दै यही चुनावी सत्रमा गगनलाई प्रधानमन्त्री बनाइनुपर्ने भाव व्यक्तगरिएको छ । माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा उमेश राउत, विक्रम राई, लेखु सहयात्री, विशम आचार्यको आवाज छ ।

    संगीत संयोजनविशम आचार्यले गरेका हुन् । विवेक रेग्मी र दिपेश गिरीले सम्पादन गरेको भिडियोमा गीतको शब्दअनुसारका फुटेजहरू राखिएका छन् । गीत 'उमेश राउत' युट्युबच्यानलमा हेर्न र सुन्न सकिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०६:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend