सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

एमालेमा प्रत्यक्ष र समानुपातिक दुवैतिर टिकट नपाएका नेताहरू गुमनाम, तनावमा ओली

एमालेमा प्रत्यक्ष र समानुपातिक दुवैतिर टिकट नपाएका नेताहरू गुमनाम, तनावमा ओली

  • मिडिया डबली
  • सोमवार, कार्तिक १४ २०७९

  • 4.3K
    SHARES

  • एमालेमा प्रत्यक्ष र समानुपातिक दुवैतिर टिकट नपाएका नेताहरू गुमनाम, तनावमा ओली

    काठमाडौं - आगामी मंसिर ४ गते हुने आमनिर्वाचनको प्रचारप्रसारका लागि उम्मेदवारहरू दिनरात नभनी लागिपरेका छन् ।

    पाँच वर्षसम्म जनप्रतिनिधि बन्न खोजेका उम्मेदवारलाई भने आफ्नै पार्टीका केही नेताले वास्ता गरेका छैनन् । खासगरी टिकटमा असन्तुष्टि जनाउँदै उनीहरू प्रचारप्रसारमा नदेखिएका हुन् । टिकट वितरणमा सबैभन्दा चर्को असन्तुष्टि नेपाली कांग्रेसमा देखिएको छ ।

    गठबन्धनका दलहरूबीच भागबन्डाले गर्दा धेरै नेता टिकट पाउनबाट वञ्चित भएका छन् । त्यस्तै, एमालेमा पनि अध्यक्ष केपी ओलीको एकलकाँटे प्रवृत्तिका कारण हेभिवेट नेताहरूले टिकट पाएनन् । घनश्याम भुसालले त पार्टी नै त्यागे ।

    र, स्वतन्त्र उम्मेदवारी दिए । एमालेबाट पूर्वउपाध्यक्ष भीम रावलसहित पदाधिकारी तहका हेभिवेट नेताहरू रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु रिमालले प्रत्यक्ष र समानुपातिक दुवैतिर टिकट पाएका छैनन् । त्यसबाहेक बागमती प्रदेशका इन्चार्ज काशीनाथ अधिकारीसहित प्रदेशका थुप्रै पदाधिकारी प्रत्यक्ष र समानुपातिक दुवैतिरका टिकटबाट वञ्चित छन् ।

    टिकट नपाएका यी नेताहरूमध्ये विष्णु रिमाल मात्र प्रचार प्रसारमा खटिएका छन् । अन्य सबै नेता भूमिगत बनेका छन् । अछामबाट प्रतिनिधिसभाका लागि टिकट नपाएपछि असन्तुष्ट बनेका एमालेका पूर्वउपाध्यक्ष रावल २७ असोजमा अध्यक्ष केपी ओलीलाई कटाक्ष गर्दै काठमाडौंमा पत्रकार सम्मेलन गरेपछि गृहजिल्ला फर्किएका छैनन् । अघिल्लोपटक उनी वाम गठबन्धनबाट विजयी भएका थिए ।

    उम्मेदवारका लागि उनको नाम जिल्ला र प्रदेशबाट सर्वसम्मत सिफारिस आए पनि अध्यक्ष केपी ओलीको एकल निर्णयका कारण टिकट नपाएको उनको आक्षेप छ ।

    रावललाई जिल्लाबाट एमाले उम्मेदवारहरूले चुनाव जिताउने अभियानमा काठमाडौंबाट अछाम फर्किन तारन्तार आग्रह नगरेका पनि होइनन् । तर, आफ्ना विषयमाथि अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले पार्टी कार्यालयमा बोलाएर छलफलमार्फत चित्त बुझाएको अवस्थामा मात्र चुनावी अभियानमा सक्रिय हुने मनस्थितिमा रावल देखिएका छन् ।

    पछिल्लोपटक पत्रकार सम्मेलन गरेरै रावलले स्वेच्छाले बाहेक आफू चुनावी परिचालनसम्बन्धी पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नहुने प्रस्ट संकेत गरिसकेका थिए ।

    एमाले अध्यक्ष ओलीले काठमाडौं १० बाट टिकट लिन आग्रह गरे पनि अन्तिममा ब्याक भएका उपाध्यक्ष बादल पनि उतिसारो चुनावी परिचालनको सार्वजनिक मञ्चमा देखिएका छैनन् ।

    यद्यपि, उनलाई केन्द्रीय निर्वाचन परिचालन कमिटीले अध्यक्ष ओलीसँगै १८ कात्तिकबाट चुनावी प्रचार सभामा खटाउने तयारी गरिरहेको छ । तर, उनी पनि सम्पर्कविहीन छन् ।

    उपाध्यक्ष युवराज ज्ञवाली पनि पार्टीले खटाएपछि सक्रिय हुने सोचमा छन् । उनले आफू गृहजिल्ला दाङ र आवश्यकताअनुसार पार्टीले चुनावी परिचालनमा खटाएअनुसार सक्रिय बन्ने मनस्थितिमा रहेको बताए ।

    तर, उनीसँग पनि ओलीले सम्पर्क गरेका छैनन् । अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य भने आफैं काठमाडौंका विभिन्न क्षेत्रको चुनावी अभियानमा सक्रिय छिन् । शाक्य अहिले विशेषतः आफ्नै निर्वाचन क्षेत्र ८ र अर्को निर्वाचन क्षेत्र ७ मा खटिएकी छिन् । तर उनको प्रभाव त्यति छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend