सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

‘नो नट अगेन’ अभियानमा राजतन्त्रका समर्थकको घुसपैठ, उम्मेवारी नै नदिएकालाई पनि हराउनुपर्ने 

‘नो नट अगेन’ अभियानमा राजतन्त्रका समर्थकको घुसपैठ, उम्मेवारी नै नदिएकालाई पनि हराउनुपर्ने 

  • मिडिया डबली
  • आइतवार, कार्तिक १३ २०७९

  • 2.8K
    SHARES

  • ‘नो नट अगेन’ अभियानमा राजतन्त्रका समर्थकको घुसपैठ, उम्मेवारी नै नदिएकालाई पनि हराउनुपर्ने 

    काठमाडौं- आगामी मंसिर ४ गतेको आमनिर्वाचनमा आफ्ना विरोधीलाई हराउन राजतन्त्रका समर्थकहरूको घुसपैठ व्यापक बढेको छ । प्रमुख दलका शीर्ष नेतालाई हराउँदा पहिलेको बदला लिन पाइने भएकाले पनि अहिले राजतन्त्रका समर्थक बुरुक्क उफ्रेर ‘नो नट अगेन’ अभियानमा लागेको बुझिएको छ ।

    कतिसम्म भने यस्ता अभियानमा लागेकालाई को को उम्मेदवार बनेका छन् भन्ने जानकारीसमेत छैन । उनीहरूलाई केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाललगायतले पटक पटक अवसर पाएको चिन्ता छ । त्यसैले अहिले प्रत्यक्ष र समानुपातिक उम्मेदवार रहेका नेताहरूलाई हराउँ भन्दै ‘नो नट अगेन’ अभियान बढाइएको पाइएको छ ।

    यो अभियानमा संलग्नले प्रत्यक्ष र समानुपातिक दुवैतिर नाम नभएका डा। बाबुराम भट्टाराई, डा। रामशरण महत, मिन विश्वकर्मा, डिला संग्रौलालगायतलाई हराउनुपर्ने बताउन थालेका छन् ।

    ‘नो नट अगेन’ भन्ने शब्द लोकतन्त्र विरोधी हो। लोकतान्त्रिक विधिमा प्रतिस्पर्धा गर्न नसक्नेले गर्ने काल्पनिक कुरा मात्रै गर्छ। सक्नेले प्रतिस्पर्धामार्फत नै आफूलाई स्थापित गर्नु सक्नु पर्छ।

    तर, आफू पनि केही गर्न नसक्ने अनि नेताका फोटाहरु सामाजिक सञ्जालमा राखेर अन्ट सन्ट भाषा प्रयोग गरी बिरोध गर्ने प्रवृत्ति बढेको छ । त्यसैले अहिले ‘ह्वाई नट अगेन’ भन्दै जवाफी अभियान पनि सुरु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक १५ २०७९०२:०३:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend