सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ओली ४० जिल्ला पुग्ने, स्थानीय निर्वाचनमा जहाँ जहाँ भाषण गरेका थिए त्यहाँ एमाले भएको थियो पत्तासाफ

ओली ४० जिल्ला पुग्ने, स्थानीय निर्वाचनमा जहाँ जहाँ भाषण गरेका थिए त्यहाँ एमाले भएको थियो पत्तासाफ

  • मिडिया डबली
  • आइतवार, कार्तिक १३ २०७९

  • 4.9K
    SHARES

  • ओली ४० जिल्ला पुग्ने, स्थानीय निर्वाचनमा जहाँ जहाँ भाषण गरेका थिए त्यहाँ एमाले भएको थियो पत्तासाफ

    काठमाडौं - गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले अध्यक्ष केपी ओली चुनावी कमान्डर बनेका थिए ।

    चर्चित र युवा नेताहरूलाई साथ नलिई ओली चुनावी भाषण गर्न गएका थिए । तर जहाँ जहाँ उनले गएर भाषण गरेका थिए, ती ती सहरमा एमाले पराजित भएको थियो । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

    एमालेले फेरि पनि ओलीलाई नै चुनावी कमान्डर बनाएको छ । यसपटक उनी ४० जिल्लामा ४० वटा चुनावी सभामा सहभागी हुने भएका छन् । ओलीले आफ्ना सहयात्री प्रत्यक्ष चुनावमा उम्मेदवार नरहेका पदाधिकारीहरू क्रमशः रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र इन्चार्जहरूलाई बनाउने भएका छन् ।

    जो आफैं डेट एक्सपायर नेता हुन् । एमालेले अध्यक्ष ओली ४० जिल्लाका चुनावी प्रचारसभामा सम्बोधनका लागि सहभागी हुने गरी कार्यक्रमको तयारी गरेको छ ।

    केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले १८ देखि २६ कात्तिकसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासहित ४० जिल्लाका ४० वटै सभामा ओली सहभागी हुने गरी चुनावी सभाका कार्यक्रम बनाएको हो ।

    १५ कात्तिकमा निर्वाचन घोषणापत्र सार्वजनिक गरेलगत्तै ओली नौ दिन ४० जिल्लामा चुनावी दौडाहामा निस्किन लागेका हुन् । केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अहिलेसम्म ओली ४० जिल्ला पुग्ने गरी चुनावी प्रचारसभाको प्रारम्भिक तयारी भए पनि सोमबारभित्र आवश्यकताका आधारमा कार्यतालिका हेरफेर हुन सक्ने बताएका छन् ।

    ओलीले एक दिनमा तीनवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । कतिपय एमाले नेताहरू भने ओलीको यो लहडले फेरि पनि पार्टीका उम्मेदवार लज्जास्पद रूपमा पराजित हुने आशंका व्यक्त गर्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend