सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ओलीको अर्को फन्डा, नागरिकसँग प्रत्यक्ष टेलिफोन संवादका नाममा आफ्नै कार्यकर्तासँग टाइम पास गर्दै

ओलीको अर्को फन्डा, नागरिकसँग प्रत्यक्ष टेलिफोन संवादका नाममा आफ्नै कार्यकर्तासँग टाइम पास गर्दै

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ४ २०७९

  • 3.3K
    SHARES

  • ओलीको अर्को फन्डा, नागरिकसँग प्रत्यक्ष टेलिफोन संवादका नाममा आफ्नै कार्यकर्तासँग टाइम पास गर्दै

    काठमाडौं- एमाले अध्यक्ष केपी ओली आफूलाई चर्चामा ल्याउन माहिर छन् । झन्डै दुई तिहाइको सरकार चलाउन नसकेर प्रधानमन्त्रीबाट पदच्यूत भएका ओली केही न केही फन्डा गरिरहेका छन् । जसले मिडिया र सामाजिक सञ्जालमा उनको चर्चा हुने गरेको छ ।

    अहिले उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’ को आह्वान गरेर चर्चामा आएका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको एजेन्डाबारे उनले प्रत्यक्ष अन्तरक्रियामा सहभागी हुन उनले देउवालाई चुनौती दिएका छन् । तर ओलीले दिएको चुनौती देउवाले सुनेको नसुनेझैं गरिदिएपछि फेरि उनले अर्को फन्डा निकालेका छन् । त्यो हो सामाजिक सञ्जालमा नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद । आज (शुक्रबार) ओलीले प्रत्यक्ष टेलिफोन संवाद गर्न लागेका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । ओलीसँग कुरा गर्न एक लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाएको उनको सचिवालयले जनाएको छ ।

    ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ ओलीले लेखेका छन् । धेरै सहभागिता भएको भन्दै बिहीबार दिउँसो २ बजेपछि नाम टिप्न बन्द गरिएको थियो । नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न ओलीले गत मंगलबार अनुरोध गरेका थिए । तर भरपर्दो स्रोतका अनुसार ओलीले आफ्नै दलका कार्यकर्तासँग संवाद गर्न लागेका हुन् । यतिबेला उनको फ्यान फलोइङ ह्वात्तै घटेको छ । सामाजिक सञ्जालमा पनि उनीमाथि तीव्र आलोचना भइरहेको छ । यस्तो बेला कोही पनि उनीसँग कुराकानी गर्न त्यति इच्छुक देखिने कुरा पनि हुँदैन ।

    तर, एमालेका समर्थक र कार्यकर्ता भने पार्टी अध्यक्षको लोकप्रियता धेरै भएको देखाउन र आगामी निर्वाचनमा त्यसको फाइदा बटुल्न पौने दुई लाखले नाम र टेलिफोन नम्बर टिपाएको प्रचार गर्न लागिपरेका छन् । छोटो समयमा एक व्यक्तिसँग पौने दुई लाखले कुराकानी गर्न सम्भव पनि हुँदैन । तर, एमाले पार्टीपंक्ति भने त्यसलाई अर्कै ढंगले प्रचार गर्न लागिपरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend